News

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु  ६ जना घाइते

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु  ६ जना घाइते

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको घटनामा ६ जना गम्भीर घाइते छन् ।

भीरकोटको बानेथोकबाट बयारघारी बजार हिडेको ग १ ज ४९४० नम्बरको जीप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परि  घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेहरु सबै भीरकोट ३ का हुन् । अविरल वर्षाका कारण बाटो चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
 

विशेष