News

भिम रावलले गरे राजनीतिक दाउपेचमा महिला अस्मिताको लिलामी !

भिम रावलले गरे राजनीतिक दाउपेचमा महिला अस्मिताको लिलामी !

काठमाण्डौं स्थित भारतीय दुतावासद्वारा जारी भएको एउटा सूचनालाई लिएर नेकपा एमालेका नेता डा. भिम रावलले मंगलवार सनसनी मच्चाए । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक मानिदै आएका रावलले सोहि विषमा अप्रत्यक्ष भएपनि ओलीको झाँको झारे। 

कुरा के हो भने– नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाको नाममा सोमवार एउटा सूचना जारी भएको थियो । नेपाली भाषामा जारी गरिएको सूचनामा महिलाहरूका लागि भारतीय सेनामा भर्ती आह्वान गरिएको छ । सूचनामा ‘गोर्खा उम्मेदवारलाई ४ सेमीसम्मको छुट दिइने’ उल्लेख भएकाले नेपाली महिलाले समेत प्रतिस्पर्धामा भाग लिन सक्ने भएका हुन् । जबकि अहिलेसम्म नेपालबाट भारतीय सेनामा महिलालाई भर्ती गर्ने गरिएको थिएन ।

यस विषयमा डा. रावलले भनेका छन्–‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो? केपी ओली कहाँ हुनुहुन्छ?  उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्न मिल्छ?’ 

रावलले यो आह्वान तत्कालीन व्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौताविपरीत भएको पनि बताएका छन् । ब्रिटिश इण्डियासँग गरेको कुनै पनि सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान नभएको नेता रावलले जनाएका छन् ।

यति मात्रै होईन, रावलल ट्वीट गरेर पनि यो सुचनाको विरोध गरेका छन् । ‘सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्दैन। सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दा महिलालाई ‘दास’ बनाउने भनी प्रश्न गर्नेहरूले नेपाली महिलालाई विदेशी सेनाको ‘दास’ मात्र होइन नेपाललाई नै वाह्य शक्तिको ‘दास’ बनाउने चाल किन नबुझेको हो?’ भन्दै प्रश्न गरेका छन् ।

महिला अस्मितामाथि रावलको राजनीतिक दाउपेच
भारतीय सेनामा यौन शोषणका लागि नेपाली महिला लान खोजीएको उनको आसाय छ । तर, उनको राजनीतिक धरातल र उनको पार्टी भित्रकै यौन वितण्डाको अवस्था हेर्दा भने उनले नेपाली चेलीको भन्दा पनि आफनो राजनीतिको चिन्ता गरेको देखिन्छ। प्रधानमन्त्री ओलीले देखाउँदै आएको राष्ट्रवादी चरित्रलाई नाङ्गेझार पार्ने, महिलाको अस्मिता माथि खेलवाड गरेको दुरासययुक्त प्रचार गर्ने र राजनीतिमा अलिकति भएपनि फाईदा उठाउने आसयवाट रावलको भनाई प्रेरित देखिएको विश्लेषकहरु वताउँछन्।

पहिलो कुरा त, रावलको यो भनाई पुरुषबादी सोचको उपज हो । भारतीय सेनामा नेपाली महिलाहरुका लागि अवसर दिनु अपमान होईन, गर्बको कुरा हो। नेपाली महिला पनि पुरुष जतिकै ससक्त छन भन्ने देखाउन यो अवसरलाई उपयोग गर्नु वुद्धिमानी हुने उनीहरुको तर्क छ।

दोस्रो कुरा नेपाली राजनीतिमा पनि धेरै महिलाहरु यौन शोषणमा परेका छन । राजनीति वाहेक अन्य क्षेत्र पनि यो समस्यावाट अछुतो छैन । त्यसमाथि पनि नेकपा एमाले त्यस्तो पार्टी हो, जहाँ महिलामाथि शोषणा हुने गरेको वरिष्ठ नेता माधकुमार नेपालले नै खुलासा गरेका थिए । नेताहरुले शहिदका श्रीमतीहरुलाई आँखा लगाउने गरेको कुरा नेता नेपालले नै खुलासा गरेका हुन।

स्रोतका अनुसार एमाले भित्रका धेरै यौन काण्ड बाहिर आउन बाँकी छ । उक्त पार्टीभित्र महिला नेतृहरुलाई विभिन्न आस्वासन दिदै पीडित बनाइएका धेरै उदाहरण छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि मन्त्री परिषद विस्तार गर्ने क्रममा महिला पीडकलाई मन्त्री वनाउन नहुने भन्दै लविङ्ग गरिनुले पनि त्यो पार्टी भित्र महिलाहरुको अवस्थालाई प्रष्ट्याउँछ। पार्टीभित्र अवसर लिन÷दिनका लागि धेरैले परपुरुष÷परस्त्रिसँग सम्बन्ध वनाएको स्रोतको दावी छ । जसका कारण कतिपयले सम्वन्ध विच्छेद समेत गर्नु परेको छ।

यति मात्र होईन, नेकपा एमालेमा नेताहरुले उपयोग गरेर वेवास्ता गरिएकी महिला मध्ये ‘बालिका खड्का’ अर्को उदाहरण हुन । जो वर्षौदेखि न्यायका लागि भौतारिदै आएकी छिन् । जसवापत उनलाई कहिले ‘पागल’ को उपमा दिईएको छ भने कहिले प्रहरीको हिरासतमा पुर्याईएको छ । तर, उनको विषयमा डा. रावले वोलेको आजसम्म सुनिएको छैन । एमाले भित्र अन्य धेरै ‘बालिका’ हरु छन, उनीहरुको विषयमा कसैले पनि आवाज उठाएको पाईदैन । तर, जव भारतीय सेनामा महिलाहरुका लागि अवसरको कुरा आयो अनि ‘डा. रावलहरु’लाई महिलाहरुको इज्जत र प्रतिष्ठाको ख्याल आउनु दुखद भएको सरोकारवालाहरु वताउँछन् ।

यो पनि

यौन शोषणका लागि भारतीय सेनामा नेपाली युवतीको भर्ती खोलिएको भन्दै भिम रावलको आपत्ति

यौन शोषण भारतीय सेना नेपाली युवती भारतीय दुतावास नेकपा एमाले

विशेष