News

मेलम्चीमा फेरि बाढी, आश्रय खोज्दै डाँडापाखामा सर्वसाधारण

मेलम्चीमा फेरि बाढी, आश्रय खोज्दै डाँडापाखामा सर्वसाधारण

समयमै झरी सुरु भएपछि रमाएका मेलम्चीबासीका लागि मंगलबार साँझ पखदेखि वाढिले अत्याएको छ। 

मेलम्चीमा आएको वाढिले नयाँ बजार, गाउँ, खेतवारी सवै तहस नहस वनायो । बाढीमा परी १० जनाले ज्यान गुमाएका छन् भने १३ जना अझै बेपत्ता छन्। अन्यले भागेर ज्यान जोगाए। दोस्रो दिन उज्यालो हुँदा मेलम्ची किनारको नयाँबजार बगरमा परिणत भइसकेको थियो। 

बुधबार केही घटेको मेलम्चीको बहाव आज फेरि बढ्न थालेको छ। मेलम्ची फेरि उसैगरी सुसाउन थालेको छ। नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा फेरि सुरक्षित स्थानतर्फ भाग्न थालेका छन्। 

सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ जान आग्रह गरिरहेका छन्। मंगलबार राति आएको बाढी विस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन्। तल्लो बजार क्षेत्रमा घर भएका स्थानीय अहिले माथिल्लो डाँडातिर भाग्न थालेका छन्।
 

विशेष