कांग्रेसको १४ औं महाधिवेशन भर्दौ १६ देखि १९ गतेसम्म

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भर्दौ १६ देखि १९ गतेसम्म हुने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।
वैठकले संशोधन सहित महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको हो । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने भएको छ ।
शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन ६ गतेबाट वडा तहका अधिवेशन गर्ने प्रस्ताव गरे पनि केन्द्रीय समितिले १२ गतेबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।