News

'दलित' भनेर कोठा नदिने घरबेटी विरुद्ध प्रहरीमा जाहेरी दर्ता

'दलित' भनेर कोठा नदिने घरबेटी विरुद्ध प्रहरीमा जाहेरी दर्ता

कोठामा बस्ने यृुवती दलित भएको थाहा पाएपछि कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । 

ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौंको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्विकार गरेकी थिइन् ।

ती घरबेटीले ‘घरमा आमा हुनुहुन्छ । तिमीहरुलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातिय विभेद गरेपछि रुपा घरबेटी काठमाडौं ११ स्थित बबरमहलकी सरस्वती प्रधान विरुद्ध अडियो रेकर्डसहित प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् ।


विहिबार प्रहरी बृत्त सिंहदरबारमा काठमाडौंमा क्रियाशिल सञ्चारकर्मी र पत्रकारसहित  पुगेकी रुपाको जाहेरी दर्ता भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकि छिन् । उनि लेख्छिन्, '१२ बजेदेखि निरन्तर दवावले ४: ५० मा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भैइयो । साथ दिनुहुने सम्र्पुणमा हार्दिक धन्यावाद । लडाई अझै बाँकी नै छ ।'

यस अघि प्रहरीले प्रमाण नपुगेको भन्दै जाहेरी दर्ता गर्न अस्विकार गरेको खबर प्रकाशित भएका थिए । 

रुपा सुनार

विशेष