News

उपेन्द्र–वावुरामको एक्सन– सरकारमा सहभागी ९ मन्त्री पार्टीबाट निष्कासित

उपेन्द्र–वावुरामको एक्सन– सरकारमा सहभागी ९ मन्त्री पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–वावुराम पक्षले महन्थ ठाकुर पक्षका नेताहरुलाई ९ जना नेताहरुलाई पार्टीवाट निस्कासन गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जनालाई निष्कासनको कारवाही गर्ने निर्णय गरेको हो ।

उपेन्द्र वावुराम पक्षले यसअघि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।

सो पक्षले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिंदै आएका चार सांसदलाई पनि स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुलाई यसअघि पदमुक्त गरिको थियो । तर, सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि उनीहरुले स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।
 

उपेन्द्र–वावुराम ९ मन्त्री पार्टीबाट निष्कासित

विशेष