News राजनीति

एमालेको स्थायी कमिटी वैठक बालुवाटारमा सुरु

एमालेको स्थायी कमिटी वैठक बालुवाटारमा सुरु

नेकपा एमालेको स्थायी कमिटी प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मंगलबार बिहान ११ बजे बस्ने गरि बोलाइकको बैठक करिब २ घन्टा ढिला गरि सुरु भएको हो।

आजको बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षाका हुने छ। यसैगरी, पार्टीको आन्तरिक समस्याका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेकाले त्यस विषयमा पनि आजको वैठकमा छलफल हुने उनले वताए ।

स्थायी कमिटी बैठकले १२ जनामध्ये कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव शेरवहादुर तामाङले बताए।

यसअघि आईतवार र सोमवार लगातार दुई दिन वैठक स्गगित भएको थियो । आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो। 
 

विशेष