News

असई मणिकान्त झाको काज सरुवा फिर्ताः एसएसपी भन्छन– सरुवा गरिएकै होईन

असई मणिकान्त झाको काज सरुवा फिर्ताः एसएसपी भन्छन– सरुवा गरिएकै होईन

आफुलाई सामाजिक अभियन्ता वताउने ज्वाला संग्रौलालगायतको टिमको दवावका कारण सुरुवा गरिएका ट्राफिक प्रहरीका असई मणिकान्त झा पुनः पुरानै कार्यालयमा हाजिर भएका छन् ।

संग्रौलाको टिमले प्रहरी कार्यालयमै गएर उनी माथि दुब्र्यवहार गरेको थियो । गत जेठ ११ गते संग्रौला र उनको समूहले महाराजगञ्जको प्रहरी कार्यालयमै झालाई दुर्ब्यवहार गरेपछि उनलाई उक्त कार्यालयवाट हटाईएको थियो ।

उक्त घट्नाको समाचार माध्यमहरुले समाचार प्रकाशन गरेपछि झाको काज सरुवा वदर भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा कार्यरत झालाई त्यहाँको जिम्मेवारीबाट हटाएर महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखाना तानिएको थियो। 

काज फिर्ता भएपछि झा बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन्। प्रहरी स्रोतका अनुसार जेठ ११ गते भएको उक्त घटनाको एक सातापछि नै उनलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बोलाएर अब बग्गीखानामै काज सरुवा हुन आग्रह गरेका थिए।

महाशाखा प्रमुख एसएसपी भट्टराईले भने झाको सुरुवानै नभएको दावी गरेका छन् । ‘घटनाको वारेमा जानकारी पाएपछि त्यस विषयमा वुझन हामीले उनलाई वोलाएका थियौं, त्यसपछि उनी आफनो कार्यालयमै हाजीर भएका छन्’ भट्टराईले भने–‘झालाई मात्र होईन हामीले इन्स्पेक्टर रवीन्द्रकुमार श्रेष्ठलाई पनि वोलाएर सोझपुछ गरेका हौ। सरुवा भन्ने कुरै होईन।’

भिडियो तथा प्रहरी संगठन भित्रको जवाफ सुन्दा असई झामाथि दुब्र्यवहार भएको प्रष्ट भएको र अर्कोतर्फ ज्वाला संग्रौला पक्षले पनि आफुहरुमाथि प्रहरीले दुब्र्यवहार गरेको भन्ने कुरा आएकोले सवै पक्षवाट छानविन भईरहेको भट्टराईको भनाई छ । ‘देख्ने÷सुन्ने, भिडियो खिच्ने र घट्नामा संलग्न दुवै पक्षलाई वोलाएर सोधपुछ गर्ने काम भईरहेको छ। थप कुरा छानविनले देखाउँछ ।’

झा विरुद्ध रंगभेद भएको भन्दै मधेशी आयोगमा समेत उजुरी परेको छ । निषेधाज्ञाको बेला सवारी पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई झासहितको ट्राफिक प्रहरीको टोलीले रोकेको थियो। पास र चालक अनुमतिपत्र दुवै उनीहरुसँग नरहेको भेटिएपछि झाले उनीहरुको सवारी होल्ड गरेका थिए। त्यसपछि विवाद भएपछि उनीहरुले असई झाले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

त्यसपछि वृत्तको कार्यालयम आइपुगेका उनीहरुले झामाथि दब्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि संग्रौलासहितको टोलीले ‘अब मधेशतिरै गएर खेतीकिसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन’ जस्ता रंगभेदी शब्दसहित दुर्व्यवहार गरेका थिए।  

मधेशी आयोगमा बुधबार संग्रौला विरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको आयोगको कार्यालयले जनाएको । उजुरीको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइको छ ।

यो पनि

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली

प्रहरीलाई धम्की ज्वाला संग्रौला मणिकान्त झा काज सरुवा

विशेष