News खेल

पासपोर्ट बेचेको अभियोगमा पक्राउ परेका वनमन्त्रीको पासपोर्ट अष्ट्रेलियामा भेटियो

पासपोर्ट बेचेको अभियोगमा पक्राउ परेका वनमन्त्रीको पासपोर्ट अष्ट्रेलियामा भेटियो

रातो पासपोर्ट  बिक्री गरेको अभियोगमा पक्राउ परेर सफाई पाएका निर्वतमान वन तथा वातावरण मन्त्री नारदमुनि रानाको पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परेको खबर प्राप्त भएको छ । रातो पासपोर्ट हराएको भनिएका राना अहिले केपी शर्मा ओलीको मन्त्रिपरिषदमा वन तथा मन्त्री बनेका छन् । 


तत्कालिन सभासद राना र अन्य सभासद विरुद्ध रानाविरुद्ध अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बेग्लाबेग्लै अनुसन्धान गरेका थिए । यसक्रममा रानालाई प्रहरीले पक्राउसमेत गरेको थियो । पछि उनलाई विशेष अदालतले सफाइ दिएको थियो ।

रानाको नाममा रहेको रातो पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परे पनि उनको पासपोर्टमा यात्रा गरेका व्यक्ति भने अझैसम्म गुमनाम छन् । ती व्यक्ति १० वर्षअघि अष्ट्रेलिया पुगेपछि गुमनाम बनेका हुन् । 

एक मिडियामा प्रकाशन भएको खबर अनुसार रानालाई उपलब्ध गराएको मन्त्री रानाको १० वर्षअघिको कूटनीतिक पासपोर्टमा जन्म मिति १९७२ जुलाई १७ लेखिएको उल्लेख छ । पासपोर्ट नम्बर ०२१२४४ रहेको छ । तत्कालीन सभासद रानाको उक्त कूटनीतिक राहदानीको म्याद एक वर्षे रहेको थियो ।  सन् २०१० सेप्टेम्बर १९ मा बनेको पासपोर्टको म्याद २०११ सेप्टेम्बर १८ मा सकिएको उल्लेख छ । 

तत्कालीन सभासद रानाले निकालेको कूटनीतिक राहदानीमा म्याग्दीका निर्मल बानियाँ आफ्नो फोटो टाँसेर अष्ट्रेलिया पसेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । अष्ट्रेलिया पुगेपछि रानाका नामको पासपोर्ट फ्यालेर बानियाँ शरणार्थीका रुपमा बसेको र अहिले पीआरसमेत पाइसकेको स्रोतको दाबी छ ।


रानाका नामको पासपोर्टमा रहेको तस्वीर बानियाँकै रहेको प्रहरी स्रोतको भनाइ छ । उनलाई प्रहरीले ११ वर्षदेखि खोजिरहेको छ । मानव तस्करले नेताहरूबाट कूटनीतिक पासपोर्ट किनेर बेचेको र उनीहरु अस्ट्रेलिया र क्यानडातर्फ गएको प्रहरीको त्यसबेलाको अनुसन्धानले देखाएको थियो । यो विषयमा अख्तियारमा समेत मुद्दा परेको थियो । राहदानी दुरुपयोगमा ११ जनाविरुद्ध मुद्दा चलेको थियो ।

वन तथा वातावरण मन्त्री नारदमुनि राना रातो पासपोर्ट

विशेष