News स्वास्थ्य

६० वर्षिया महिलाको पेटबाट सात किलोको मासुको डल्लो निकालियो

६० वर्षिया महिलाको पेटबाट सात किलोको मासुको डल्लो निकालियो

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा एक महिलाको पेटबाट ७ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ ।

कैलालीको  गोदावरी नगरपालीका ११ की ६० वर्षीया नरपता कामीको पेटबाट शल्यक्रिया गरेर उक्त ट्युमर निकालिएको अस्पतालले जनाएको छ । नरपताको पेटमा हग ओभरिन ट्युमर भएको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारीले बताइन् । १२ वर्षदेखि पेटको समस्या झेल्दै आएकी कामीलाई पेट फुलेर ठूलो र गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो ।  

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा बरिस्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा मिराज आलम अन्सारीलगाएतको टिमले शल्यक्रिया गरेर कामीको पेटबाट ट्युमर निकालेको हो ।

विश्वको सबैभन्दा ठुलो पेटको ट्युमर

सन् २०२० मा  नयाँ दिल्लीको अपोलो अस्पतालका डाक्टरहरूले ५२ बर्षे महिलाको शरीरबाट विश्वको सबैभन्दा ठूलो डिम्बग्रन्थि ट्यूमर हटाएका थिए । ५४ किलोग्राम उक्त पेटको ट्युमरको अपरेसन गर्न करिब चार घण्टाको लागेको थियो । मान्छेको शरिर भन्दा झण्डै आधा तौल भएको ट्युमरको भेटिएको भन्दै शल्यक्रियामा संलग्न डाक्टर आश्र्चय चकित परेका थिए । 

विशेष