News अपराध सुरक्षा

भिम रावलको संरक्षणमा विआईएका अपाङ्गहरु माथि श्रम शोषण !

भिम रावलको संरक्षणमा विआईएका अपाङ्गहरु माथि श्रम शोषण !

अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षणका नाममा श्रम शोषण गर्ने काठमाण्डौंको जोरपाटी स्थित विआईए (वोधिसत्व इन एक्सन) मा एमाले नेता भिम रावलको पनि कनेक्सन देखिएको छ ।

विआईएले सेवा र संरक्षणका नाममा करिव ६ वर्षदेखि अपाङ्गता भएका १ सय जनालाई चरम श्रम शोषण गरेर राखेको छ। विआईएका ब्यवस्थापक गोकर्ण ढुङ्गाना र एमाले नेता भिम रावलको विचमा भौगोलिक तथा राजनीतिक कनेक्सन देखिएको छ ।

भूतपूर्व गृहमन्त्री समेत रहेका रावल अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन् । सुदुरपश्चिमाञ्चल राजनीतिक क्षेत्र भएका रावलले त्यसै क्षेत्रका ढुङ्गानालाई संरक्षण दिने गरेको स्रोतको दावी छ। रावलको राजनीतिक संरक्षण पाएकै कारण ढुङ्गानाले कसैलाई नगन्ने र विआईका संरक्षक छोग्याल रिम्पोछेलाई समेत अटेर गर्ने गरेको स्रोतको भनाई छ ।

विआईएले अपाङ्गता भएका ब्यक्तीलाई सीप सिकाउने, रोजगार दिने र आएको आम्दानीको ठूलो हिस्सा उनिहरुलाई नै बाड्ने उदेश्य राखेको थियो । बाँकी पैसाले देसको कुना कन्दरामा, गाउँदेखि सहरसम्म सबै जिल्लामा प्रोजेक्ट सञ्चालन गर्ने र अपांगता भएका ब्यक्तिलाई सहयोग गर्ने योजना वनाईएको थियो ।

तर, हाल अपाङ्गता भएका ब्यक्तिहरुले महिना दिनसम्म काम गरे वापत मुस्किलले ४ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । विआईएमा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सिप प्रदान गरेर थान्का, मुर्ति गलैँचा, डोका, मुर्ति आदि उत्पादन गर्ने गरिन्छ। उनीहरुले उत्पादन गरेका धूप, थान्का, एप्लिक, बाँसका डोका, डाला, मूर्ति, पस्मिनाका सल, गलैँचाजस्ता सामानहरु भने बिआइए इन्स्टिच्युटले विक्रि गर्दछ । विआइएको नारायणटार शाखामा करिब चालिस जना अशक्त व्यक्तिहरु सिप सिकेर सामान उत्पादन गर्ने गर्दछन् ।

आफैमा शारिरिक रुपमा अशक्त व्यक्तिहरुले दिनभरी कडा मिहिनेतका साथ उत्पादन गरेका सामानहरुको उचित ज्याला भने पाएका छैनन् । आफ्नो मेहनत अनुसारको ज्याला नपाएका कारण अशक्त व्यक्तिहरु संस्थाको व्यवस्थापन प्रति रुष्ट छन् । जति धेरै मिहिनेतका साथ काम गरेपनि व्यवस्थापकले अशक्तहरुलाई महिनामा प्रतिव्यक्ति चारहजार मात्रै दिने गरेको उनीहरुको गुनासो छ । 
यस विषयमा पटक पटक समाचारहरु प्रकाशन हुँदै आएपनि सम्वन्धित निकायको ध्यान पुगेको छैन ।

विआईएका संस्थापक रिम्पोछे पनि आफु ध्यानमा वसेको र कार्यालयमै सम्पर्क गर्न भन्दै पन्सिएका छन् । ‘विआईएमा ढुङ्गानाले जे चाह्यो त्यहि हुन्छ। रिम्पोछे पनि उनको अगाडि टिक्न गाह्रो छ’ श्रोत भन्छ–‘राजनीतिक संरक्षण पाएकैले ढुङ्गानाले कसैलाई टेरपुछर लाउँदैनन् ।’

विआईएमा भईरहेको वेथितीका विषयमा समाचार प्रकाशन भईसकेपछि ब्यवस्थापकिय कमजोरी सुधार गर्ने भन्दा पनि ढुङ्गानाले अपाङ्गता भएका ब्यक्तिहरुलाई नै धम्क्याउने गरेको पाईएको छ । ढुङ्गानाको हप्की र दप्कीपछि त्यहाँ संरक्षण लिएका ब्यक्तिहरु अहिले कुन दिन निस्कनु पर्ने हो भनेर थर्कमान भएका छन् ।

हुन त विआईए देशभरीका अपाङ्गता भएका ब्यक्तिहरुलाई सेवा दिने उदेश्यले स्थापना भएको संस्था हो । तर, उदेश्य अनुसारका देशब्यापी सेवा त दिन सकेन नै राजधानीमा समेटिएको एउटा संस्थामा पनि अवस्था दर्दनाक छ।

ब्यवस्थापक ढुङ्गानाले भने विआईएमा अपाङ्गता भएका ब्यक्तिको श्रम शोषण नभएको दावी गर्दै आएका छन् । विआईएमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको श्रम शोषण भएको विषयमा थप प्रस्ट पार्दै उनी भन्छन्–‘हामीले वहाँहरुलाई तलव दिएको होईन, काम गरे वापतको इन्सेन्टिभ दिएको हो।’

यो पनि

विआईएमा अपाङ्गको श्रम शोषण : संस्थापक रिम्पोछे भन्छन्– म ध्यानमा छु, कार्यालयमा सोध्नोस्

विआईएका अशक्तमाथि ब्यवस्थापकको ज्यादतीः मिडियामा वोल्नेलाई निकाली दिने धम्की

दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश

विआईए अपाङ्गता भएका ब्यक्ति छोग्याल रिम्पोछे श्रम शोषण भिम रावल

विशेष