News कभर स्टोरी

छुवाछुतको जाहेरी दर्ता गर्न इन्कार गर्ने 'डन' इनिस्पेक्टरको भिडियो भाइरल

छुवाछुतको जाहेरी दर्ता गर्न इन्कार गर्ने 'डन' इनिस्पेक्टरको भिडियो भाइरल

महानगरीय प्रहरी बृत्त सिंहदरवारमा कार्यरत इनिस्पेक्टर विक्रम सुवेदीले छुवाछुतको जाहेरी दर्ता गर्न अस्विकार गरेको भन्दै चर्काे आलोचना खाईरहेका छन् । त्यति मात्रै नभएर सुवेदीले ड्युटीमा रहेका एकजना प्रहरी जवान माथि जाई लागेको भिडियो पनि अहिले भाईरल भैइरहेको छ । 

इमेज टेलिभिजनमा कार्यरत रुपा सुनारले ‘कामीको छोरी हुँ’ भन्दा डेरा नदिएपछि कानुनी कारवाहीका लागि बिहीबार महानगरीय प्रहरी बृत्त सिंहदरबारमा उजुरी दिन पुगेकि थिईन ।  बुधबार १२ बजे दलित भएको भन्दै कोठा नदिने सरस्वती प्रधान विरुद्ध जाहेरी दिन महानगरीय प्रहरी बृत्तमा पुगेकी सुनारको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरिरहेको थियो ।


झण्डै साँढे १२ बजे बृत्तमा पुगेकी सुनारलाई साँढे ४ घण्टासम्म झुलाइयो । पीडित सुनारले प्रहरीको विश्वासमा परेर सरस्वती प्रधानसँग भएको कुराकानीको अडियोसमेत सुनाइन् । तर, प्रहरीले सो अडियो सरस्वती प्रधानकै हो की होइन रु म्याच गराएर मात्रै मुद्दा दर्ता गर्ने अडान लियो । बृत्तमा हल्लिखल्ली नै मच्चियो । सुनारको मुद्दा दर्ता गर्ने बेला बृत्तका डिएसपी हरिबहादुर बस्नेत मिटिङमा गएका बेला सुवेदीले दलित समुदायका अगुवा र पीडितलाई दिनभर रिङ्गयाए ।

सुनारको जाहेरी दर्ता गर्न अस्विकार गर्ने इनिस्पेक्टर शक्तिको आडमा सिंह दरबारमा 'सिंह' नै भएर बसेको भन्दै आलोचना हुने गरेको छ । ड्युटीमा रहेका जवानमाथि हातपात गर्ने इनिस्पेक्टर सुवेदीलाई कुनैपनि कारबाही नभएको तर त्यसको सट्टा थप जिम्मेवारी दिईएको भन्दै उनलाई प्रहरी वृत भित्र 'डन' इन्स्पेक्टरको संज्ञा नै थालिएको स्रोतले जानकारी दियो । 


यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई बुझ्दा आफुलाई केहि जानकारी नभएको बताए । उनले भने, 'मलाई यसबारे केहि थाहा छैन । कस्तो भिडियो हो मलाई भाईवरमा पठाई दिनु होला ।' 


 

रुपा सुनार

विशेष