News

उपेन्द्र यादवले आयोगमा पुगेर गरे पार्टी वैधानिकताको दाबी

उपेन्द्र यादवले आयोगमा पुगेर गरे पार्टी वैधानिकताको दाबी

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव– वावुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आज आयोग पुगेर पार्टीको आधिकारिकता दावी गरेका हुन । राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकताको दाबी गरिएको एक नेताले जानकारी दिए।

यादव पक्षको कार्यकारिणी समितिमा बहुमत छ। पार्टी एकता भएपछि बनेको केन्द्रीय कार्यकारिणी समितिका ५१ मध्ये ३० जना उपेन्द्र यादव पक्षमा छन ।

केन्द्रीय कार्यकारिणी समितिमा बहुमत रहेकोले आधिकारिता आफैले पाउने अध्यक्ष यादव पक्षको दावी छ । यो पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेर आयोगमा निवेदन दिएको थियो । तर आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेको छ।

जेठ ७, ८, १७ र असार ३ गते बोलाइएको बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी गुटगत गतिविधि गरेको लगायतका आरोप लगाउँदै पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख छ । 

प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयले जसपा दुइ खेमामा विभाजित छ । ठाकुर पक्ष सरकारमा गएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा छ ।
 

विशेष