परस्त्रीसँग ओछ्यानमा भेटिएका असई र जवान निलम्वन
पर्वतको इस्मा गाउँपालिका–१, मल्दी गाउँमा जेठ ७ गते राति हस्तीचौर प्रहरी चौकीका प्रमुख एवं सहायक निरीक्षक विष्णु गाह र जवान विरेन्द्र केसी परस्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेका भन्दै स्थानियले कुटपिट गर्दै बाधेर राखेका थिए । उनीहरु दुवै जना एकै घरमा एक महिला र उनकी छोरीसँग आपत्तिजनक अवस्थामा फेला परेको स्थानीयवासीको भनाई थियो ।
परसस्त्रीसँग आपत्तिजनक अवस्थामा भेटिएका भनिएका दुवै जना प्रहरीलाई थप अनुुसन्धानका लागि निलम्बन गरिएको डिएसपी पुरुसोक्त पाण्डले जानकारी दिएका छन् । उनले भने, 'महिलासँग ओछ्यानमा भेटिएको भन्ने कुरा थप अनुसन्धान पछि आउँछ । दुवै जना अनप्रोफेसनल देखिएकोले अहिले निलम्वन गरेर अनुसन्धान भैईरहेको छ । तर, दुवैजना ति महिलाको घरमा लामो समयदेखि विना काम पनि आउने जाने गरेको देखियो ।'
प्रहरीको पदिय मर्यादा र जिम्मेवारी विपरित ति महिलाको घरमा प्रहरी सहायक निरिक्षक विष्णु गाह र जवान विरन्द्र केसीको उठबस भएको प्रारम्भिक अनुसन्धानबाट भेटिएकोले निलम्बन गरेर अनुसन्धान गरिरहेका डिएसपी पाण्डेले जानकारी दिए ।
प्रहरीलाई कुटपिट गरि बाँधेर राखेको भन्दै स्थानिय युवाहरुलाई पनि पक्राउ गरि अभद्र व्यवहारमा मुद्धा चलाइएको छ । डिएसपी पाण्डेका अनुसार कुटपिटमा संलग्न ६ जना युवालाई मुद्धा चलाएर अनुसन्धान गरिदै छ । जसमध्ये ३ जना पक्राउ परिसकेका छन् भने ३ जना फरार रहेका छन् ।
यस्तो थियो घटनाः
पर्वतको इस्मा गाउँपालिका–१, मल्दी गाउँमा जेठ ७ गते राति हस्तीचौर प्रहरी चौकीका प्रमुख एवं सहायक निरीक्षक विष्णु गाह र प्रहरी जवान विरेन्द्र केसीलाई आपत्तिजनक अवस्थामा फेला पारेको भन्दै स्थानियले दुवै जनालाई बाँधेर राखेको थियो । उक्त दिन उनीहरु दुवै एकै घरमा एक महिला र उनकी छोरीसँग आपत्तिजनक अवस्थामा फेला परेको स्थानीयवासीको भनाई छ ।
महिला हसनु नेपालीका अनुसार त्यस रात प्रहरी सहायक निरीक्षक गाह र प्रहरी जवान केसी ती महिलाको घरमा बसेका थिए । ती महिला र सहायक निरीक्षक गाह गोठमा र ती महिलाको छोरीसँग प्रहरी जवान केसी घरभित्र विस्तरामा फेला परेको उनको भनाई छ ।
अर्की स्थानीय महिला निरु राउतले पनि आमाचाहिँसँग प्रहरी सहायक निरीक्षक गाह राति आपत्तिजनक अवस्थामा फेला परेपछि आफूहरुले गोठको ढोका थुनेर राखेको बताइन् । उनका अनुसार सोहीबेला छोरीचाहिँसँग सिपाही केसी मुल घरको ओछ्यानमै फेला परेका थिए ।
‘दुईतीन पटक हामीले बाहिर निस्कनुस् सर भन्यौं,’ उनले भनिन्, ‘नमानेपछि हामीहरुले प्रहरी सहायक निरीक्षकलाई भित्रै थुनेको र सिपाहीलाई बाँधेर राखेका हौं ।’