News राजनीति

प्रतिशोधको आगोमा पिल्सिएको एमालेः कोही खरानी भए, कोहि धुवाँमा हराए

प्रतिशोधको आगोमा पिल्सिएको एमालेः कोही खरानी भए, कोहि धुवाँमा हराए

अहिले पनि एमालेका केही माधवपक्षीय नेता ‘यता न उता’ को अवस्थामा छन् । वास्तवमा माधव पक्षकै ती नेताको भूमिका हिजो पार्टी एक हुँदा पनि समन्वयकारीकै रहेको चर्चा गर्न थालिएको छ ।

एमालेभित्र नवौँ महाधिवेशनपछि नै अध्यक्ष ओलीले माधवका केही मान्छे च्याप्ने, केहीलाई धपाउने रणनीति अपनाउनुभएको थियो । अहिले तिनैले एकताको नाममा माधवले पार्टी फुटाएमा साथ नदिने भनिरहँदा नेताहरु ती दिनको चर्चा गर्दैछन् । नवौँ महाधिवेशनपछि उपमहासचिव घनश्याम भुषाल पूर्णतः बेरोजगार बनाइनुभयो । हालै कोभिडको दोस्रो लहरबाट ज्यान गुमाएका दोलखाली नेता पशुपति चौलागाईं त्यत्तिकै उपेक्षामा पाएि।

बेदुराम भुषाल, विजय पौडेल, प्रकाश ज्वालाहरुलाई जिम्मेवारी नै दिइएन । भोजपुरका राजेन्द्र राईलाई संखुवासभाको इञ्चार्ज बनाएर पठाइयो । महाधिवेशनबाट पारित पार्टीको दस्तावेज निर्माण गर्ने बेलामा घनश्याम र बेदुरामसँग भएको चर्काचर्कीबापत उहाँहरुलाई भूमिकाशून्य बनाइएको चर्चा नेताहरु गर्दछन् ।

योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टहरु भने पहिलादेखि नै बीच–बीचमा थिए । सुरेन्द्रले आफ्नो विषय विज्ञता मिल्ने अर्थ, योजना विभाग पाए। किनभने, त्यो विभाग सम्हाल्नेले नै अर्थमन्त्री पाउने सम्भावना हुन्थ्यो । पहिला बागमति प्रदेशको इञ्चार्ज माग गर्ने सुरेन्द्रलाई वास्ता गरिएन ।

योगेशलाई नपत्याउँदो हिसाबले प्रचार विभागको प्रमुख बनाइयो । शुरुमा त वचनविपरीत मन्त्रीसमेत बनाइएन, माधव नेपाल जिताउने अभियानका मुख्य व्यक्ति सुरेन्द्र र योगेश नै थिए। प्रतिस्पर्धीका कमाण्डरहरुलाई पार्टीको ताला–चाबी मानिने विभाग ओलीले पछिसम्मको सोचेरै त बुझाउनु भएन ? भन्नेहरु पनि छन् । गोकर्णलाई पनि मन परेकै विभाग दिइयो, मोर्चा संगठन । विष्ट श्रममन्त्रीबाट बेफ्वाँकमा फालिएपछि बीचमा बालुवाटारसँग रुष्ट थिए । सुरेन्द्रलाई त चितवनको आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने ३ वटै नगरपालिकाका मेयर आफूतिर तानेर मनोवैज्ञानिक दबाव दिइयो ।

प्रतिशोध कसरी साँधियो भने, महाधिवेशनअघि डा.विजय पौडेल पेशागत क्षेत्रको इञ्चार्ज । महाधिवेशनमा त्यो क्षेत्रबाट ओलीले कम मत पाएपछि त्यसबापत मोदनाथ प्रश्रितका छोरा विजय सेकाईमा परे । प्रकाश ज्वालाले कर्णालीको इञ्चार्ज चाहेकोमा यामलाल कँडेललाई दिइयो । र, माधव पक्षका धेरैजसो नेतालाई सहइञ्चार्ज मात्रै बनाइयो ।
यो सामग्री जनआस्थावाट लिईएको हो ।

माधवकुमार नेपाल नेकपा एमाले केपी शर्मा ओली

विशेष