News कभर स्टोरी

एमाले प्रवेश गरेका माओवादी विप्लवमा जाने तयारी, धर्मेन्द्र र मणी थापाबीच गोप्य भेटघाट 

एमाले प्रवेश गरेका माओवादी विप्लवमा जाने तयारी, धर्मेन्द्र र मणी थापाबीच गोप्य भेटघाट 

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका पुर्व माओवादी नेताहरु एमाले भित्र चरम असन्तुस्ट भएको चर्चा छ । माओवादी केन्द्रबाट केपी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका नेताहरुले पछिल्लो समय आफुहरुले सोचे अनुसारको ठाउँ नपाएपछि विलखबन्दमा परेको महसुस गरिरहेको जानकारहरु बताउँछन् ।

 
यहि बीच माओवादी केन्द्रबाट एमाले प्रवेश गरेर खानेपानी मन्त्री समेत बनेका नेता मणी थापा र नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य धमेन्द्र बास्तोलाबीच थापा निवासमा भेटघाट भएको खुलेको छ । मणी थापा निकट स्रोतको अनुसार भेटघाटमा दुई पुर्व सहयोद्धा माओवादीबीच फेरी क्रान्तिको झण्डा उठाउने बारे छलफल भएको बताईएको छ । स्रोत भन्छ, 'माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुले आफुहरु सरकारमा गएपनि आलोचित नै भएका कारण फेरी एक पटक क्रान्तिको झण्डा उठाउने बारे नेताहरुबीच छलफल भैईरहेको छ ।' 


गत जेठ ६ गते सर्वोच्च अदालतले गैर सांसद सात मन्त्रीको पद खारेज गरेको पछि राम बहादुर थापा बादल बाहेकका पुर्व माओवादी नेताहरु वेचैन बनेको जानकारहरु बताउँछन् । पुर्व माओवादी नेता लेखराज भट्टको उक्साहटमा लागेर केपी ओली नेतृत्वको एमाले प्रवेश गरेका नेताहरु अहिले विचलित भएको विश्लेषण गरिन्छ । लेखराज भट्ट स्वंयम पनि केपी ओलीसँग सन्तुष्ट नरहेको जानकारहरु बताउँछन् । भट्ट आफुलाई ओलीले प्रयोग गरेर रद्धिको टोकरीमा फालेको भन्दै चुकचुकाउने गरेको पनि निकट स्रोतको भनाई छ । 


बाग्मती प्रदेश सभामा हार बेहोरेका राम बहादुर थापा 'बादल'को भने ओलीले टाउको हात राखेको विश्लेषक बताउँछन् । बादलकी धर्म पत्निलाई ओलीले पछिल्लो मन्त्रिपरिषद विस्तार गर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका छन् । 


गत जेठ ६ गतेको सर्वोच्चको अन्तरिम आदेशसँगै गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका थिए । 

नेत्र विक्रम चन्द मणी थापा

विशेष