News अपराध सुरक्षा

आफ्नो गुटमा नलागेपछि महेन्द्र राय यादवद्वारा ठाकुर पक्षका नेताको ज्यान मार्ने प्रयास

आफ्नो गुटमा नलागेपछि महेन्द्र राय यादवद्वारा ठाकुर पक्षका नेताको ज्यान मार्ने प्रयास

जनता समाजवादी पार्टीको विवाद कुटाकुट र सांघातिक आक्रमणसम्म पुगेको छ। आफनो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समुहमा लागेका महेन्द्रराय यादवले महन्थ ठाकुर पक्षका एक नेतामाथि कुटपिट गराएका छन् ।

आफ्नो पक्षमा नलागेको भन्दै नेतृ/सांसद रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान मार्ने प्रयास गरिएको हो । पहिले महन्थ समूहमा नै रहेका महेन्द्र राय यादव हाल उपेन्द्र यादव समूहमा छन् । 

महेन्द्रले सांसद रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागे पछि आवेश आएर भौतिक आक्रमण गराएको आरोप छ । आक्रमणबाट रुहीका पति गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । 

आक्रमण गर्ने फैज अहमद र असरफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै जना प्रहरी हिरासतमा छन्।

रायले रुही र उनको पतिलाई आफनो पक्षमा लाग्न दबाव दिदै आएका थिए।
 

विशेष