News

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

अरनिको राजमार्ग निर्माणको काम गरिरहेको चीनियाँ निर्माण कम्पनी सिआरसीसी (चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड) ले गुणस्तरहिन काम गर्दा गाउँ जोखिममा परेको भन्दै वस्ती जोगाई दिन स्थानीयवासीले ३ महिना अघि नै गाउँपालिकामा हारगुहार गरेको पाईएको छ ।

सीआरसीसीको लापर्वाही र स्थानीय जनप्रनितिनिधिको वेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित कोदारी गाउँ संकटमा परेको त्यस वेला जनाईएको थियो ।

प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरित निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको भन्दै उनीहरुले सचेत गराएको पाईएको छ । कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमिन भासिने र वग्ने समस्या सुरु भएको ०७७ फागुन २६ गते गाउँपालिकामा वुझाएको निवेदनमा उल्लेख छ ।

कोदारी तातोपानी टोल सुधार समितिका अध्यक्ष साङ्गे लामाले वुझाएको निवेदनमा लेखिएको छ –‘यस भोटेकोशी गाउँपालिका २ अन्तर्गतका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सिआरसीसी नामक चिचियाँ ठेकेदार कम्पनीले निरन्तर रुपमा लापरवाही गरी गत भुकम्प पश्चात राजमार्ग पुर्ण निर्माण कार्य सुरु गरेको र गत वर्ष पनि स्थानीयले वारम्वार जानकारी  सहित नभत्काउन अनुरोध गर्दा पनि यसै वडाका वडा अध्यक्ष दिपेन्द्र कुरमा श्रेष्ठले २ महिना भित्र पक्का वाल लगाउने भनि मौखिक प्रतिवद्धता जनाई झुक्काई पक्का पुरानो वालहरु भन्त्काई राजमार्ग माथिको गाउँहरु जोखिममा हुने गरी कार्य गरेको र गत वर्ष जस्तै फेरी पनि कच्चा ढंगले नयाँ निर्माण कार्य सुरु गर्न लागेको हुँदा सो कार्यको डिपिआर लगायत आवश्यक कानुनी प्रकृया पुर्याई कोदारी सिङ्गाको गाउँलाई जोखिम नहुने गरी कार्य गर्न यस क्षेत्रको सम्पुर्ण स्थानीय वासिन्दको अनुरोधमा तपाई समक्ष यस समितिले नियमानुसार जाँचवुझ गरी पाउँ भनि यो विनम्र निवेदन पेश गर्दछौं ।’

उक्त निवेदनको वोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सिमा प्रहरी चौकी कोदारी र सशस्त्र प्रहरी वल विओपी लार्चालाई समेत पठाईएको छ। तर, गाउँपालिका लगायत कुनै पनि निकायले गाउँलेको आग्रह वेवास्ता गरेको अध्यक्ष लामाले वताए ।

सोहि कारण अहिले कोदारी बजारको तल्लो भागमा गत वर्ष नै निर्माण गरिएको करिव १ सय मिटर भन्दा बढी सडक भासिएको छ । तारजाली निर्माणका क्रममा भएको लापर्वाहीका कारण यो समस्या आएको साङ्गेले वताए । वाँध भत्किन थालेपछि कोदारी गाउँ जोखिममा परेको छ।


यो पनि

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकमा वाढि र पहिरोको वितण्डा

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकको सिङ्गो वस्ति नै जोखिममा

वस्ति जोखिममा वाढिपहिरो सिन्धुपाल्चोक सीआरसीसी

विशेष