बिनाको त्याग र कमजोरीबारे बोले सुदुरपश्चिमका माओबादी नेता !
नेकपा माओवादी केन्द्रभित्र विधि र सिद्धान्तको कुरा गर्दा परिवारवाद र नातावादको कुरा पनि सँगसँगै उठ्ने गर्छ । खास गरी प्रचण्डकी वुहारी विना मगरको नाम जोडेर । विशेस गरी छोरा प्रकाश दाहाल निधन भएपछि प्रचण्डले विनालाई काखी च्यापेर पार्टीका नेताहरुलाई चिढ्याएको आरोप पनि लाग्दै आएको छ ।
यसै क्रममा माओवादी केन्द्रका सुदुरपश्चिमका नेता खगराज भट्ट (विनोद) ले पनि विनाको वारेमा मुख खोलेका छन् । उनले पार्टीमा विधि पद्धती र प्रणालीको विकास गर्नु पर्नेमा जोड दिदै विनाले पार्टीमा ‘आन्दोलनमा ठुलो त्याग र गम्भिर गल्ती दुवै गरेको’ जनाएका छन् ।
‘पार्टीभित्र बिधि पद्धती र प्रणाली स्थापना होस भन्ने हामि सवैको चहाना हो। हामि सवैसँग कुनै न कुनै पिडा, गुनासा, प्रश्न, आवेग, उद्देलन र अन्तर्बिरोध अवस्य छन। तर यसको समाधान आन्तरिक कमिटीमै गर्ने भनेर मैले अस्तिनै फेसबुकमा सवैलाइ अनुरोध गरेकै हो। पार्टीमा बिधि पद्धती मिलेन भन्ने कुरालाई बिषयान्तर गरेर अहिले जसरी को नेता ? किन र कसरी ? भन्दै पक्ष र प्रतिपक्ष जस्तो सार्वजनिक बहस गरेर अमुक–अमुक नेताहरुबारे अनावश्यक, असान्दर्भिक, तथ्यहिन कुरा सामाजिक सञ्जालमा उछालिदैछ त्यो सर्वथा गलत छ’ उनले भनेका छन्–‘यसै क्रममा कमरेड बिना मगरलगायतका बारेमा जे जति कुरा आएका छन । ति बिधि, अन्तरबस्तु र नियतका हिसाबले गलत छ्न।’
बिना मगरलाई सानै उमेरदेखि चिन्ने थोरै माओवादीमा म पनि पर्छु भन्दै उनले फेसवुकमा अगाडि लेखेका छन्–‘माओवादी आन्दोलनमा उनको र उनको परिवारको (माइती पट्टी) को उच्च योगदान छ। आन्दोलनमा ठुलो त्याग र गम्भिर गल्ती दुवै उनिबाट भएका छन। र गल्तीको सजाय पनि भोगेकै हो। सुदुरपश्चिमका १३ जना केन्द्रिय सदस्य र यि भन्दा पनि बरिस्ठ छुटे छुटाएका थुप्रै कमरेडहरु जो पनि प्रदेशको नेतृत्व गर्न योग्य र सक्षम हुनुहुन्छ र हुनसक्नु हुन्छ मात्र तत्काल राइट म्यान राइट प्लेस के हो बिचार गर्नु पर्ने त्यसैमा हो।’
निर्विकल्प जस्तै ठानिएका लेखराज भट्टले पार्टी छोडदा त फरक परेन भने अरुको के कुरा ? भन्दै उनले सुदुरपश्चिम माओवादीको शिर्ष नेता भएको नाताले प्रत्येक नेता÷कार्यकर्ताको इतिहास, बिकासक्रम, सवल र दुर्वल पक्षबारे सवभन्दा बढी जानकारी आफुलाई रहेको वताएका छन् । ‘यसर्थ मिडियामा लेख्ने, लेखाउने, शेयर गर्ने या गलत कमेन्ट गर्ने गलत र हानिकारक सूचना प्रवाहित गर्ने नेता÷कार्यकर्ताहरुको चित्त दुखाउने कार्य कसैले नगरौं र हाम्रा झगडाहरु हाम्रा आन्तरिक कुरा हुन । कुनै पनि बिरोधिले बदनियत पुर्वक खेल्ने, झगडा लगाउने कार्यलाई परास्त गर्न लागि परौं। पार्टी निर्माण र बिधि पद्धतिको बहसलाई पार्टी भित्रको नेतृत्व चयन र पात्रहरुको गलत बिश्वलेषण र मुल्यांकन तिर बिषयान्तर नगरौं।’
http://
विना मगर नेता खगराज भट्ट