महेश बस्नेतलाई किन बनाएनन ओलीले मन्त्री ?
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते १७औँ पटक मन्त्रिपरिषद पुनर्गठन गर्नु पुर्व केन्द्रिय सदस्य महेश वस्नेतलाई गृहमन्त्री वनाउने चर्चा चल्यो । तर, मन्त्रीपरिषद पुनर्गठनमा उनी अटाएनन् ।
ओलीका मानसपुत्रका रूपमा परिचित बस्नेत गुहमन्त्री नवेनेपछि धेरैले आस्चर्य माने । तर, आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीका आसेपासेले नदिएको भनेर उनले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन ।
आसेपासे भनेर बस्नेतले बिष्णु रिमाल, सूर्य थापा, गोकुल बाँसकोटालगायतलाई इंकित गरेका हुन । बस्नेतले आसेपासे भनिएका मध्येका एकले बस्नेतलाई मन्त्री नबनाउन प्रधानमन्त्रीभन्दा माथिबाट दबाब आएको बताए ।
‘सबै कुरा नभनुँ, तर माथिको सचिबालयमै रहेकी एक महिला नेत्रीलगायतबाट बस्नेतजीको ब्यबहारलाई लिएर गुनासो पुगेको रैछ । त्यो कुरा अली गम्भीर रूपमा नउल्झियोस भन्ने सदाशयता देखियो’–उनले दावी गरे ।
उनका अनुसार काठमाण्डू, भक्तपुर, उदयपुर, इलाम, रामेछापलगायतका जिल्लाका नेत्रीले राष्ट्रपति, प्रधानमन्त्री पत्नीलगायतसँग उनको ब्यबहारलाई लिएर गुनासो गरेका थिए । बस्नेतलाई गृह मन्त्रालय दिंदा चोरलाई साँचो दिएजस्तै हुन सक्ने बुझाइ सम्बन्धित ठाऊँमा देखिएको उनको बिश्लेशण छ ।
वस्नेतलाई गृहमन्त्री वनाउन प्रधानमन्त्री पनि सहमत थिए । तर उनलाई रोक्न सुवाष नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, राजन भट्टराईदेखि गोकुल वास्कोटा सम्मले सहमति दिएको जनाईन्छ । त्यसैले उनलाई बनाउनै पर्ने अवस्थामा सञ्चारसम्म दिने मुडमा प्रधानमन्त्री रहनुभयो । तर, त्यहाँ पनि रोकियो ।
गत वर्ष बर्दिबासबाट सांसद प्रदीप यादवहरुलाई काठमाडौं ल्याउने (अपहरण) जिम्मा शुरुमा गोकुललाई दिइएको थियो । उनले त्यस्तो आपराधिक काममा मन नगरेपछि महेश तम्सिए । काम पनि फत्ते गरे । गण्डकीदेखि तराईसम्मको अपजशे काम पाए तर, ऐन मौकामा उनले मन्त्री नपाएको चर्चा छ ।
गृहमन्त्री केपी शर्मा ओली महेश वस्नेत