News

विवेकशील साझाका नेता उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै

विवेकशील साझाका नेता उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई भेन्टिलेटरमा सारिएको छ ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन। 

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।

भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । यो प्रविधिबाट उपचार गराउँदा दैनिक पाँच लाख खर्च लाग्ने बताइन्छ ।

तर, मंगलवारदेखि उनलाई भेन्टिलेटरमा उपचार थालिएको जनाईको छ  । 

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन। 
 

(यसअघि मानविय त्रुटिका कारण अन्यथा समाचार प्रकाशित भएकोमा क्षमाप्रार्थी छौ– सं.)

विशेष