News

प्रश्न उठेका दुईले नछोडेपछि दुई वरिष्ठ न्यायाधीशले गरेका थिए बेन्च वहिस्कार (रायसहित)

प्रश्न उठेका दुईले नछोडेपछि दुई वरिष्ठ न्यायाधीशले गरेका थिए बेन्च वहिस्कार (रायसहित)

प्रधानन्यायाधीशको इजलास गठन प्रक्रियाप्रति असहमति जनाउँदै दुई वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई संवैधानिक इजलाशमा नबस्ने घोषणा गरेर हिडेको छन्।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीशमाथि प्रश्न उठेपछि उनीहरूले इजलासबाट बाहिरिने निर्णय लिएका हुन् । तर, उनीहरुको विषयमा प्रश्न उठेको थिएन।

कानुन व्यवसायीहरुबाट प्रश्न खेपेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट  बाहिरिन अस्वीकार गरेपछि दुई न्यायाधीशद्वय कार्की  र भट्टराई मंगलबार इजलासबाट बाहिरिएका हुन् ।

यसअघि आजै बिहान प्रधान न्यायाधीश र सर्वोच्च बारका पदाधिकारीवीच इजलास गठनसम्बन्धी नियमावली संशोधन गरी वरिष्ठताका आधारमा एक साताभित्र अर्को इजलास बनाएर प्रतिनिधि सभा विघटन सम्बन्धी सबै रीटउपर सुनुवाइ शुरु गर्ने सहमति जुटेको थियो ।

अब अर्को पेशी २३ गतेलाई हुने भएको छ । 

विशेष