News

रुविभ्यालीमा पहिराले डोजर पुरिँदा दुई बेपत्ता

रुविभ्यालीमा पहिराले डोजर पुरिँदा दुई बेपत्ता

धादिङ्गको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।

धादिङबेँसी रुबि भ्याली गाउँपालिका–२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटरसहित दुई जना पुरिएका हुन्। तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र सहचालक रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

आज बिहानबाट अर्को डोजरले पहिरो पन्छाएर पुरिएर टुक्राटुक्रा भएको डोजर निकाल्ने र बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ । स्थानीयका अनुसार संगै सडक खनिरहेका ३ ओटा डोजर मध्य एउटा डोजरलाई पहिरोले लागेको हो ।

घटना लगत्तै उद्धारको प्रयास भएपनि वर्षाका कारण समस्या भएको थियो। 
 

विशेष