News

राज्यको अभाव पुर्ती गर्दै राष्ट्रिय एकता अभियानः मजदुरलाई ‘एक छाक खाना'

राज्यको अभाव पुर्ती गर्दै राष्ट्रिय एकता अभियानः मजदुरलाई ‘एक छाक खाना'

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निशेधाज्ञा जारी गरेपछि सबैभन्दा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने वर्ग समस्यामा परेको छ । जसले दिनमा कमाएपछि राति उसको चुल्हो बल्थ्यो । 

सरकारले कोरोनालाई हेरेर निशेधाज्ञा त जारी गर्यो तर, त्यस्तो गरी खाने वर्गसम्म सरकारको ध्यान पुग्न सकेन । सरकारको ध्यान खाली हुने खानेतिर मात्रै केन्द्रिय हुँदा ज्याला मजदुरी गरेर गुजारा गर्ने मुसहर, चमार, दुसाध, खप्वे, डोम, हल्खोरलगायतका समुदाय समस्यामा परे । 

एक छाक खान पनि उनीहरुलाई हम्मे– हम्मे परिरहेको छ। यहि समस्यालाई ध्यानमा राखेर राष्ट्रिय एकता अभियानले त्यस्ता समुदायलाई लक्षित गरी एकछाक राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

यो कार्यक्रमले एक छाक खान समस्या हुनेका लागि धेरै नै राहत भएको अभियानकी उपाध्यक्ष सुनिता साहले बताइन् । अभियान मार्फत दुई केजी चामल र सो अनुसार दाल, आलु र नुन दिने गरिएको साहको भनाई छ ।

अभियानका अध्यक्ष विनय यादवले एकछाक राहत वितरण अभियानको अर्थ नै समस्या परेकालाई मात्र समेट्ने रहेको बताए । उनले कार्यक्रम दाताहरुको सहयोगमा चलाएको बताए । 

उनका अनुसार अहिलेसम्म यो कार्यक्रम सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीसम्म पुगेको छ । विस्तारै तराई मधेशका अन्य जिल्लामा पनि लैजाने सोच बनाएको यादवले जानकारी दिए।

राहत राष्ट्रिय एकता अभियान एक छाक खाना

विशेष