News

उपत्यकामा निषेधाज्ञा खुकुलोः निजी सवारी जोर–बिजोर चल्ने

उपत्यकामा निषेधाज्ञा खुकुलोः निजी सवारी जोर–बिजोर चल्ने

काठमाडौ, भक्तपुर र ललितपुरका  प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उपत्यकामा निजी सवारीलाई जोर–बिजोर अनुसार चल्न दिने निर्णय गरेको छ । उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । आज बसेको बैठकको निर्णय अनुसार ट्याक्सीहरूलाई पनि जोर बिजोर लागू गरेर चलाउन दिइनेछ। आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ ।

सोमबार, बुधबार र शुक्रबार ११  बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ।  निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने पाईने छ ।

विशेष