News कभर स्टोरी

सामाजिक अभियान्ता संग्रौलामाथि ओलीका साईवर सेनाको आक्रमण, कुटाई खाने नै पक्राउ

सामाजिक अभियान्ता संग्रौलामाथि ओलीका साईवर सेनाको आक्रमण, कुटाई खाने नै पक्राउ

आफुलाई सामाजिक अभियान्ता वताउने ज्वाला संग्रौला र उनका श्रीमान हिमाल उपाध्यायमाथि प्रधानमन्त्रि केपी शर्मा ओली निकट युवासंघका कार्यकर्ताले हातपात गरेका छन् ।

करिब १५ जनाको समुहमा रहेका युवा संघका कार्यकर्ताले संग्रौला र उनका श्रीमानमाथि टेकु प्रहरी परिसरमै आक्रमण गरेको अभियान्ता हेमराज थापाले जानकारी दिए ।

अभियान्ता संग्रौला र खुश्बु घिमिरेबीचको विवादको विषयमा छलफल गर्न टेकु प्रहरीले संग्रौलालाई बोलाएको थियो । करिब १५ जनाको समुहमा रहेको टोलीले संग्रौला दम्पति माथि निर्घात आक्रमण गरेको थापाले बताए । 

कुनै पनि विषयमा विवाद भए कानुनी रुपमा समाधान गर्ने मार्ग प्रशस्त हुँदाहुँदै संग्रौला दम्पत्तिमाथि प्रहरी परिसरमै आक्रमण हुनु शक्ति र सत्ताको दम्भ भएको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति आईरहेकाछन् ।

यसैविच, प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

अभियन्ता बताउने ज्वाला संग्रौला, उनको श्रीमान हिमाल र शर्मिला वाइवा रहेका छन् । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

संग्रौलाको समुहले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको आरोप पनि छ ।

झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।

यो पनि

असई मणिकान्त झाको काज सरुवा फिर्ताः एसएसपी भन्छन– सरुवा गरिएकै होईन

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली

ज्वाला संग्रौला प्रहरीलाई धम्की मणिकान्त झा हातपात

विशेष