News

गुरुङ्ग सरकार ढालेको जस र मन्त्रालयको वार्गेनिङ्ग गर्न प्रचण्डसँग मनाङेको भेट !

गुरुङ्ग सरकार ढालेको जस र मन्त्रालयको वार्गेनिङ्ग गर्न प्रचण्डसँग मनाङेको भेट !

गण्डकी प्रदेशमा पृथ्वी सुब्वा गुरुङ्गको सरकार ढालेर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको सरकार वनाउन महत्वपुर्ण रोल गरेका विना विभागिय मन्त्री दिपक मनाङ्गे (राजिव गुरुङ)ले आईतवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालसँग भेट गरेका छन् ।

फेसवुक मार्फत प्रचण्डसँगको फोटो सार्वजनिक गर्दै मन्त्री मनाङ्गले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिएका छन् । यस्तै मनाङ्गेले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेट गरेका छन् । यी दुवै भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

दुबै नेतासँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको उनले जनाएका छन् । तर, स्रोतका अनुसार कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनका लागि सहयोग गरेका मन्त्री गुरुङले शक्तिशाली मन्त्रालयको चाहना गरेको पाईएको छ ।

त्यसैका लागि गुरुङले माओवादी अध्यक्ष प्रचण्ड र जसपाका नेता वावुराम भट्टराईसँग भेट गरेको अनुमान गरिएको छ । 

११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेकाले त्यो बाहेक अन्य मन्त्रालयको अपेक्षा गुरुङले गरिरहेका छन् । उनको चाहना आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।

मनाङबाट स्वतन्त्र सांसदका रुपमा जितेका मनाङ्गेले केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा विपक्षी गठबन्धनलाई साथ दिएका थिए।

उनले साथ दिएकै कारण नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्।  निर्णायक भूमिका रहेका मनाङ्गेले त्यसअघि भने नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङलाई साथ दिएका थिए।

गुरुङ्गको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मन्त्री पदवाट राजिनामा दिएर पोखरेललाई साथ दिएका दिए । 

गण्डकी प्रदेश कृष्णचन्द्र नेपाली पोखरेल दिपक मनाङ्गे पुस्पकमल दाहाल प्रचण्ड

विशेष