News

विप्लवको विज्ञप्तिमा विप्लवकै कार्यकर्ताको चर्काे विरोध 

विप्लवको विज्ञप्तिमा विप्लवकै कार्यकर्ताको चर्काे विरोध 

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले असार ५ गते जारि गरेको विज्ञप्तिलाई लिएर उनकै कार्यकर्ताले चर्काे विरोध गरिरहेका छन् । पार्टीले जारि गरेको विज्ञप्तिलाई लिएर कार्यकर्ता तहमा भने निकै आलोचना भैइरहेको छ । कुमार पौडेलको हत्या भएको २ वर्ष वितिसक्दा समेत अपराधिलाई कारबाहीको दायरमा ल्याउन दवाव दिनुको सट्टा मृतक पौडेलका परिवारलाई हतोत्साहित गर्न खोजिएको भन्दै कार्यकर्ताले नै विरोध जनाई रहेकाछन् । 


२०६७ असार ५ गते दोहोरो मुडभेडमा मारिएको भनिएका विप्लव नेतृत्वका सर्लाही जिल्ला इन्र्चाज कुमार पौडेलको विषयमा पार्टीले विज्ञप्ति निकालेको थियो । विप्लव नेता पौडेल मुडभेडमा मारिएका भनिएपनि मानव अधिकार आयोगले हत्या गरेको ठहर गरेको थियो । 


असार ५ गते विप्लव नेतृत्वको नेकपाको केन्द्रिय कार्यालयले आफ्नो पार्टीका एकजना केन्द्रिय सदस्यलाई गलत प्रचार गरेर अकल्पनिय आरोप लगाएको भन्दै विज्ञप्ति निकालेको थियो । विज्ञप्तिमा मृतक पौडेलका दिदि लक्ष्मी पौडेल र भाई हरि कृष्ण पौडेलले पार्टीका केन्द्रिय सदस्य सुर्दशन पौडेललाई ‘गम्भिर र अकल्पनिय आरोप’ लगाएको भन्दै  आपत्ति जनाएको थियो । 


विप्लवको नेकपाका एकजना कार्यकर्ताले पार्टीले यस्तो विज्ञप्ती निकाल्नु भनेको लज्जाको विषय भएको उल्लेख गरेकाछन् । त्यतिमात्रै नभएर पार्टीले यस्तो विज्ञप्ति निकाल्नु ‘एकीकृत जनक्रान्तिको महानयात्राको बेइज्जत हो भनि भनेकाछन् ।’ ति कार्यकर्ता सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘पार्टी नेतृत्वले यस्तो विज्ञप्ति दिनु भनेको लाजको कुरा हो ! यदि सक्नु हुन्न भने पनि कुमार हाम्रो पार्टीको नेता होइन भन्न पथ्र्याे, हामी उक्त घटनाको जिम्मेवार छैनौं भन्नू पथ्र्याे । तर, यस्तो स्पष्टोक्ती दिनु भनेको नेकपा सिङ्गो पार्टी पङ्गती, बिचार, आस्था र एकीकृत जनक्रातिको महानयात्राको बेइज्जत हो । म यस केन्द्रिय बिज्ञप्तिको घोर निन्दा गर्दछु ।’
यस्तो छ विज्ञप्ति:


 

नेत्र विक्रम चन्द विप्लव

विशेष