News

'दलित' भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटी पक्राउ, यस्तो छ ऐनमा सजाय 

'दलित' भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटी पक्राउ, यस्तो छ ऐनमा सजाय 

इमेज टेलिभिजनकी पत्रकार रुपा सुनारलाई  दलित भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । ति महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिइन । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो । 


जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन(२०६८) को दफा ५ मा कुनै व्यक्तिले छुवाछुत सम्बन्धि कसुर गरेमा त्यसविरुद्ध पीडित व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्ने व्यवस्था गरेको छ भने प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेमा सम्बन्धित प्रहरी कार्यालयको प्रमुखलाई नै कारवाही गर्नेसम्मको व्यवस्था पनि गरको छ ।


जातीय भेदभाव र छुवाछुत गरेको अपराध ठहरिएमा अपराधीलाई एक महिनादेखि तीन वर्ष सम्मको कैद सजाय वा रु ५ सय रुपैयाँदेखि रु २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । त्यसैगरी सार्वजनिक पद धारणा गरेको व्यक्तिले यस्तो अपराधिक काम गरेमा उसलाई अरुलाई भन्दा ५० प्रतिशत थप सजाय हुने व्यवस्था गरिएको छ ।
 

रुपा सुनार

विशेष