News

यस्तो थियो दिपेन्द्र र ऐश्वर्याको आश्चर्य र तनावपूर्ण सम्बन्ध !

यस्तो थियो दिपेन्द्र र ऐश्वर्याको आश्चर्य र तनावपूर्ण सम्बन्ध !

विश्वमा कतिपय घट्ना यस्ता हुन्छन्, जसले ब्यवस्था नै परिवर्तन गर्छ । ०५८ जेठ १९ गते नेपालमा भएको दरवार हत्याकाण्डले पूर्वराजा विरेन्द्र विरविक्रम शाहको वंश नाश मात्र गरेन, राजतन्त्रकै अन्त्य गर्यो। केहि समयका लागि राजा भएका ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा भए ।

तर, दरवार हत्या काण्ड भएको २० वर्ष वितिसक्दा पनि चित्तवुझदो उत्तर नेपाली नागरिकले अहिलेसम्म पनि पाएका छन् । हुन त बन्द पर्खालभित्रको राजदरबारको छवि अत्यन्त रहस्यमय र कौतुहलपूर्ण रहिआएको थियो । दरबारका हरेक विषयलाई गोप्यताको अनावश्यक आवरण भित्र लुकाउने गरिएको र सञ्चारमाध्यमहरूले पनि त्यहाँका कुरालाई खोतल्नेतर्फ खासै चासो नदेखाएकोले जनतासामु राजपरिवारको यथार्थ चित्र आउन सकेको छैन ।

तत्कालिन युवराज दीपेन्द्रबाट भएको भनिएको हत्याकाण्डलाई आम मानिसले पत्यार गर्नै नसक्नुको एउटा मुख्य कारण पनि यहि नै होला। प्राप्त तथ्य र जानकारहरुको भनाईले दीपेन्द्र औपचारिकता र प्रोटोकलका हिसावले मात्रै ‘युवराज’ थिए । तर, उनको सङ्गत र सर्कल मुख्यतः मध्यम वर्गसँगै जोडिएको थियो । र, उनको सोचाइ पनि सर्वसाधारण नेपालीको जस्तै थियो ।

यो र यस्तै ब्यवहार र स्वभावका कारण दिपेन्द्र निरन्तर रुपमा पारिवारिक दवाव झेलिरहेका थिए । उनी आफ्नो विवाहको कुरालाई लिएर निकै चिन्तित देखिन्थे । आफ्नो रोजाईको केटीप्रति रानी ऐश्वर्यको नकारात्मक धारणाले उनलाई मानसिक तनाव दिएको थियो ।

विद्यालयतहमा वुढानिलकण्ठमा पढ्दादेखि नै मन पराएकी सुप्रिया शाहसँग र इटन कलेज अध्ययनका क्रममा मायाँ प्रेम वसेकी देवयानी दुवैलाई ऐश्वर्याले रिजेक्ट गरिदिएकी थिईन । बहिनी श्रुतिको विवाह भएको चार बर्ष बितिसक्दा पनि आफ्नो विवाहको टुङ्गो नलागेकोमा युवराज दीपेन्द्र चिन्ताग्रस्त हुनुलाई पनि स्वाभाविक रुपमा लिनु पर्छ ।

यस्तो अवस्थामा आफूभन्दा सात वर्ष कान्छा भाइ निराजनको काठमाडौँकै एक राणा परिवारकी छोरीसँग २७ जेठमा बिहाको कुरा छिन्ने घोषणा हुन आँटेपछि त दिपेन्द्रको चिन्ता थप चुलिएको हुन सक्छ। यति अनुमान गर्न कठिन पर्दैन ।

अरुले लोभलाग्दो र सान÷सौकतको जिन्दगी देखेपनि दिपेन्द्रको वास्तविक जीवन अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको थियो । उनले परिवारबाट विद्रोह गरेर भए पनि आफूले मन पराएकी केटीसँग बिहा गर्न नखोजेका होइनन्, उनले एक वर्षअघि देखि नै देवयानीसँग भागेर विवाह गर्ने योजना वनाएका थिए । तर त्यसो गरेमा उनलाई राजगद्दीबाट बञ्चित गरी भाइ निराजनलाई उत्तराधिकारी बनाउने ऐश्वर्याको चेतावनी आएपछि उनको तनाव एकदम उत्कर्षमा पुगेको हुनसक्छ ।

दिपेन्द्रले आफ्नो बिवाहको निर्णय आफैँले गर्न नपाउने अवस्था त छँदैथियो, वंश परम्पराका आधारमा प्राप्त हुने राजगद्दी पनि खोसिने सम्भावना उनले देखे । सम्भवतः उनी दुवै कुरा गुमाउन चाहँदैन थिए।

दीपेन्द्रले देवयानीसँगै बिवाह गर्ने निश्चय गरिसकेका थिए। रानी ऐश्वर्या भने देवयानी ‘सी’ क्लासको राणा भन्दै बिहे गर्न नदिने अडानमा थिइन्। राणाहरुलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरिएको थियो र देवयानी ‘ग’ वर्गको राणामा पर्थिन । यही विषयमा दीपेन्द्र र ऐश्वर्याबीच मनमुटाव चलिरहन्थ्यो। हुँदा–हुँदा रानी ऐश्वर्या यति हावी हुन थालिन् कि उनले दीपेन्द्रलाई ‘सी’ क्लासको राणाकी छोरी बिहे गर्ने हो भने युवराजबाट राजीनामा देऊ, निराजनलाई युवराज बनाउँछु समेत भनिन्।

पहिल्यै भए दीपेन्द्रले खुशीसाथ सुप्रियासँग विवाह गर्थे। तर सुप्रियासँग बिहे गर्नबाट पनि ऐश्वर्याले नै रोकेकी थिइन् । त्यहीबेलादेखि आमाछोराको खटपटक सुरु भएको थियो । पछि देवयानी दीपेन्द्रको जीवनमा आएकी थिइन्। उनलाई पनि रोकेपछि गाँठो झन् उल्झियो।

ऐश्वर्याले दीपेन्द्रलाई युवराजबाट राजीनामा मागेपछि ‘खै, विधानमा सी क्लास बिहे गर्नुहुन्न भनेर कहाँ लेखेको छ?’ भनेर सोधे। त्यसपछि ऐश्वर्याले विधान (उत्तराधिकारीसम्बन्धी नियम) नै परिवर्तन गर्न लगाएर राजा वीरेन्द्रलाई सही गर्न दबाब दिइन्। ऐश्वर्याको जिद्धिका अगाडि विरेन्द्र टिक्न सकेनन्। नियमनै परिवर्तन भयो । दीपेन्द्रका सबै बाटा बन्द भए। यहि तनावमा आएर दिपेन्द्रले दरवार काण्ड घटाएको हुन सक्ने अनुमान छ।

यो पनि

दरवार हत्याकाण्डः कस्ले, कति वजे ज्यान गुमाए ?

दिपेन्द्रका बारेमा यस्तो भन्थे डा. देबकोटा, के हो ‘कालो पदार्थ’ को रहस्य ?

दीपेन्द्र– देवयानीको १३ वर्ष लामो प्रेम, सुप्रिया थिईन पहिलो प्रेमीका

किन विरेन्द्र सर्वसाधारणको हृदयमा बसे ?

पूर्वराजा वीरेन्द्र दरवार हत्याकाण्ड दीपेन्द्र देवयानी रानी ऐश्वर्य

विशेष