News

कांग्रेसमा सभापति वन्ने होड, एक अर्कालाई फकाउँदै उम्मेदवार

कांग्रेसमा सभापति वन्ने होड, एक अर्कालाई फकाउँदै उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै जाँदा सभापतिका दावेदारहरुको दौडधुप पनि सुरु भएको छ ।

सभापति शेरवहादुर देउवा, महामन्त्री शशांक कोईराला, प्रमाशमान सिंह र उपसभापति विमलेन्द्र निधीको नाम सभापति उम्मेदावरमा चर्चा छ। सभापतिको दाबेदार रहेका तीन नेताले सोमवार उपसभापति विमलेन्द्र निधीको निवासमा भेटघाट गरेका छन् ।

काठमाडौंको बानेश्वरस्थित निधी निवासमा भएको दुई घण्टा लामो भेटवार्तामा आगामी महाधिवेशनको विषयमा छलफल भएको जनाएको छ। 

कांग्रेस सभापति देउवा आगामी महाधिवेशनमा पनि उम्मेदवार बन्ने निश्चित भएपछि आज तीन जना नेताले भेटघाट गरेको कांग्रेस स्रोतले जनाएको छ। स्रोत भन्छ– “देउवा सभापतिको उम्मेदवार हुने निश्चित छ। त्यसैले, मिलेर जाने विषयमा छलफल गर्न तीनै जनाले भेटघाट गरेका हुन्।”

उनीहरूले आगामी महाधिवेशनको उम्मेदवारीको विषयमा छलफल गरेको जनाएको छ। आजको छलफल सकारात्मक रहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाइएको छ। 

केही दिनदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा उम्मेदवारी दिने वताएका छन् । उनले आफनो तर्फवाट तयारी पनि सुरु गरेका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यसँग यस विषयमा केन्द्रित रहेर उनले लफल पनि गरेका छन् भने। असार ५ गते निधीसँग पनि छलफल गरेका थिए। 

छलफलमा देउवाले यसपटक आफूलाई सभापतिमा सघाउन भनेका थिए। तर, निधीले भने आफू पनि सभापतिमा उम्मेदवार बन्ने भएकाले सघाउन आग्रह गरेका थिए। 

कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ। अहिले क्रियाशील सदस्यता छानबिन भइरहेको छ। 

शेरवहादुर देउवा विमलेन्द्र निधी कांग्रेसको १४औं महाधिवेशन शशांक कोईराला प्रमाशमान सिंह

विशेष