News

ज्वालाको यस्तो कमजोरी देखेपछि रवी लामिछानेले गरे कारवाहीको माग

ज्वालाको यस्तो कमजोरी देखेपछि रवी लामिछानेले गरे कारवाहीको माग

टेलिभिजन प्रश्तोत रवी लामिछानेले स्वघोसित सामाजिक अभियन्ता ज्वाला संग्रौला (टिका संग्रौला) लाई कारवाही गर्न आग्रह गरेका छन् ।

आफनो फेसवुक पेज मार्फत लामिछानेले उनी विरुद्ध दर्ता भएको जाहेरी अनुसार संग्रौलाले गल्ति गरेको देखिएकाले कारवाही गर्नु पर्ने जनाएका छन् ।

‘ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएँ। कार्यक्रम सकेर जाँदा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन’ उनले लेखेका छन्–‘जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।’

लामिछोनेले विगतमा भए/गरेका काम तथा विभिन्न वेथिति विरुद्ध वोलेको रि पनि यहि मौकामा फेर्ने हिसावले दाउ नरच्न पनि समेत गराएका छन् । उनले अगाडि लेखेका छन्–‘तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न, मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है। न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ़ छु।’

स्मरण रहोस संग्रौला रवीकी चन्दा संकलक हुन् । प्रस्तोता लामिछानेको नेतृत्वमा निर्माण भएको रास्कोट अस्पतालको निर्माणका लागि आफुले अभियान चलाएर २५ लाख रुपैयाँ संकलन गरेर सहयोग गरेको वताउँने संग्रौलाले अन्य विभिन्न अभियानका नाममा चन्दा संकलन गरेपनि त्यसको हिसाव किताव सार्वजनिक गर्ने गरेकी छैनन् ।

उनले अभियानका नाममा संकलन गरिएको चन्दा र त्यसको पारदर्शिताका विषयमा प्रश्न उठाएपछि पत्रकारलाई समेत तथानाम गालि गरेकी थिईन ।

अहिले उनी विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा कुटपिट, अभद्र ब्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको उजुरी दर्ता छ। उनी लगायत तीन जनालाई आईवारै प्रहरीले नियन्त्रणमा लिएको छ। अभियन्ता बताउने संग्रौला, उनका श्रीमान हिमाल र शर्मिला वाइवा टेकु प्रहरीको हिरासतमा छन् ।

युवा संघकी कार्यकर्ता खुस्बु घिमीरे माथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

संग्रौलाको समुहले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको आरोप पनि छ । झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । 

http://

यो पनि

सामाजिक अभियान्ता संग्रौलामाथि ओलीका साईवर सेनाको आक्रमण, कुटाई खाने नै पक्राउ

असई मणिकान्त झाको काज सरुवा फिर्ताः एसएसपी भन्छन– सरुवा गरिएकै होईन

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली

ज्वाला संग्रौला प्रहरीलाई धम्की मणिकान्त झा हातपात रवी लामिछाने

विशेष