News राजनीति

‘भ्याकेट’मा गएर पार्टी एकता भंग गर्न खोजेको नेता नेपालको आरोप

‘भ्याकेट’मा गएर पार्टी एकता भंग गर्न खोजेको नेता नेपालको आरोप

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध पुनरावलोकनमा गएर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् । 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध पुनरावलोकनमा गएर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् । 

४ जना प्रदेश सांसदलाई गरिएको कारबाही खारेज गर्ने अदालतको आदेशविरुद्ध फेरि पुनरावलोकन निवेदन (भ्याकेट)मा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने नेता नेपालको भनाइ छ। 

ओलीपक्ष ‘भ्याकेट’मा गएसँगै वरिष्ठ नेता नेपालले सोमबार बेलुका फेसबुकमा धारणा राख्दै ‘भ्याकेट’ पार्टी एकता भंग हुने दिशामा गएको बताएका हुन्।

‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले शंका उब्जाएको थियो,’ नेपालले भनेका छन्, ‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम् लचक भएर प्रस्तु हुँदा त्यसलाई कमजोरीको रूपमा लिइएको जस्तो देखियो।’

नेपालले सत्ता जोगाउन संविधानका बिरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुरा एकतावद्ध पार्टी बनाउने प्रयासविरूद्ध भएको बताएका छन्।

उनले भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’

नेता नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन्। 

ओलीले पार्टी एकताविरोधी ’हर्कतलाई’ जारी राखेको उल्लेख गर्दै नेता नेपालले ’एकता विरोधी तत्वहरू’संग सावधान हुन पनि ध्यानाकर्षण गराएका छन्। 
 

विशेष