News

निषेधाज्ञाको मारमा विपन्न परिवारः अपाङ्ग र असक्तहरुको चुलो वाल्दै संरक्षण नेपाल

निषेधाज्ञाको मारमा विपन्न परिवारः अपाङ्ग र असक्तहरुको चुलो वाल्दै संरक्षण नेपाल

सप्तरीको राजविराज नगरपालिका–६ का जोगिन्द्र मरिक अपाङ्ग भएर जिवन विताईरहेका छन् । राजविराज नगरपालिका कार्यालयको सरसफाई कर्मचारीका रुपमा काम गर्ने क्रममा नाला सफा गर्दा उनका दुवै खुट्टा सिसाले काट्यो ।

पछि घाउ वढ्दै जाँदा चिकित्सकले क्यान्सर भएको पुष्टि गरे । खाउ अन्यत्र फैलिन नदिन दुवै खुट्टा काटनु पर्यो । प्लाष्टिकका खुट्टा लगाएर उनले जिवन निर्वाह गरिरहेका छन् । उनको घरको छाना भत्किएको लामो समय वितिसक्यो । 

छानोले घाम पानी नथेगे झै उनको आयश्रोतले पनि परिवारको लालन पालन गर्न धौ धौ परिरहेको छ। उनी असक्त भएपछि श्रीमतीले ज्याला मजदुरी गरेको भरमा ५ छोरीछोरीसहितको परिवार चलिरहेको छ । 

तर, कोरोना संक्रमणका कारण सुरु भएको निषेधाज्ञाले ज्याला मजदुरी पनि वन्द भयो । निषेधाज्ञाका कारण जोगिन्द्रलाई परिवार वचाउनै समस्या छ । उनी मात्र होईन, स्थानीय तेतरी सरवरियाको श्रीमानको खुट्टा भाचिएको छ । उनको श्रीमानले ज्यालादारी गरि परिवार चलाइ रहेका थिए । निषेधाज्ञाले उनको परिवारलाई पनि गुजारा चलाउन समस्या छ।

जोगिन्द्र र तेतरी मात्र होईन, सप्तरीमा यस्ता थुप्रै परिवार छन्, जसलाई निषेधाज्ञाले छाक जुटाउनै समस्या छ। तर, उनीहरुको विषयमा राज्यले अहिलेसम्म ध्यान दिन सकेको छैन । राज्यको यहि अभाव पुरा गर्न सप्तरीका विपन्न परिवारलाई राहत वितरण सुरु गरिएको छ ।

युएसए नेपाल कम्युनिटी आउटरिच नेटर्वक (युनिकन) को सहयोग तथा संरक्षण नेपालको आयोजनामा राहत वितरण सुरु गरिएको हो ।

शनिवार यस्ता १५ परिवारलाई राहत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष ओमप्रकाश साहले जानकारी दिए । राहतमा २५ केजी चामल, २केजी दाल, १लीटर तेल, १केजी नुन, नुहाउने÷लुगा धुने सावुन र माक्सलगायतका सामग्री समावेस गरिएको छ ।

राजविराज नगरपालिका राहत संरक्षण नेपाल

विशेष