News

कोरोनाको डेल्टा भेरियन्टको परिवर्तित रुप नेपालमा पुष्टि

कोरोनाको डेल्टा भेरियन्टको परिवर्तित रुप नेपालमा पुष्टि

नेपालमा कोरोनाको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको पुष्टि भएको छ ।

भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप पुष्टि भएको हो । नौ वटा नमूनामा नयाँ रुप फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको मन्त्रालयले जनाएको छ । यसलाई AY.1  नाम दिइएको छ ।

यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

नेपालमा अहिलेसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) तथा कप्पा (B.1.617.1) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए।

उनले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए। मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ । 
 

डेल्टा भेरियन्टको परिवर्तित रुप

विशेष