News स्वास्थ्य

नेपालमै आयो एक डोज लगाए पुग्ने कोरोना विरुद्धको खोप

नेपालमै आयो एक डोज लगाए पुग्ने कोरोना विरुद्धको खोप

अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको कोरोना विरुद्धको ‘जेनसेन खोप’ को ६ लाख मात्र नेपाल आएको छ ।

सरकारद्वारा गठित कोभिड–१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफर्ड–आस्ट्राजेनेकाको खोप र छ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्।

अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ। 

दुई मात्रा लिनुपर्ने अक्सफर्ड–आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको उनले उल्लेख गरे। 

यसबाहेक चीनबाट पनि खोप खरिद गर्ने प्रक्रिया अघि बढेकाले खोप अभियानको सञ्चालनमा देखिएको अवरोध चाँडै फुक्न सक्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुखले बताए। 

खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले अक्सफर्ड–आस्ट्राजेनेका र जेनसेन खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए।

नेपालमा अहिलेसम्म सात लाख ३१ हजार जनाले मात्र दुई मात्रा खोप लगाएका छन् ।

नेपालले अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनबाट ५० लाख मात्रा खोप खरिद गर्ने प्रयासमा छलफल अघि बढाएको छ। तर, खोप आउने÷नआउने विषय पुष्टि भईसकेको छैन ।
बीबीसीको सहयोगमा

विशेष