News

संरक्षण अभियानकर्मी लामालाई ‘रोलेक्स कन्जर्भेसन अवार्ड’

संरक्षण अभियानकर्मी लामालाई ‘रोलेक्स कन्जर्भेसन अवार्ड’

हिमाली क्षेत्रका वातावरण, वन्यजन्तु अध्ययन तथा संरक्षणमा सम्लग्न रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्भेसन अवार्ड २०२१ ’ प्राप्त गरेका छन् ।

उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जङ्गली चौँरी लगायत जनावर तथा वातावरण संरक्षणमा समुदायमा आधारित भएर अतुलनीय योगदान पु¥याए वापत् उनलाई सो पुरस्कार अर्पण गरिएको जनाइएको छ ।  वातावरण तथा वन्यजन्तु संरक्षणको अभियान्ता समेत रहनुभएका उहाँ सातवर्षदेखि सो क्षेत्रमा अध्ययनरत समेत छन्।

‘अन्तरराष्ट्रिय प्रकृति संरक्षण ’विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँले गत वर्ष विश्व वन्यजन्तु कोषद्वारा स्थापित ‘नेपाल कन्जर्भेसन अवार्ड’ प्राप्त गरेका थिए। नेपाल तर्फबाट लामा सहित विभिन्न देशका अन्य पाँचजना सो पुरस्कारमा छनौटमा परेका रालेक्सद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । 

चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका उत्कृष्ट व्यक्तित्व छनौट गरी सो पुरस्कार अर्पण गर्दै आइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभियान र स्थानीय महिलाको सहभागिताका लागि लामाले  विशेष काम गर्दै आइरहेका छन् ।’
(रासस)

रोलेक्स कन्जर्भेसन अवार्ड रिन्जिन फुन्जोक लामा

विशेष