News

हेलिकप्टरमै गयो राजेन्द्र महतो र शेरवहादुर तामाङ्गको मन्त्री पद

हेलिकप्टरमै गयो राजेन्द्र महतो र शेरवहादुर तामाङ्गको मन्त्री पद

उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ मंगलवार वाढीका कारण तहसनहस भएको सिन्धुपाल्चोकको निरिक्षण गर्न गएका थिए । हेलिकप्टर चढेर गएका उनीले काठमाण्डौ नउत्रदैं पद गुमाए ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो र तामाङ दिउँसो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ उडेका थिए । तामाङ सोही क्षेत्रका निवर्तमान सांसद समेत रहेका छन् ।

मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुलाई भेटेर उनीहरुले  तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्था गर्ने र बाटो तथा पुल निर्माण थाल्ने आश्वासन दिएका थिए । तर काठमाडौं टेक्न नपाउँदै मन्त्री पद गुमाएका उनीहरुले दिएको आश्वासन सर्वसाधारणले तत्कालै भुल्नु पर्ने भएको छ ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलेको थियो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ति निर्णय कार्यान्वयन नगर्न भनेको छ । 

यो पनि

सर्वोच्चको अन्तरिम आदेशपछि ओली झन शक्तिशाली

मन्त्रिपरिषद् विस्तार विरुद्ध अन्तरिम आदेश, १८ दिनमै २१ मन्त्री पदमुक्त

राजेन्द्र महतो शेरवाहदुर तामाङ्ग

विशेष