News

अनुहार उस्तै देखिने ज्वाला के खगेन्द्र संग्रौलाकी छोरी हुन?

अनुहार उस्तै देखिने ज्वाला के खगेन्द्र संग्रौलाकी छोरी हुन?


आफुलाई सामाजिक अभियन्ता वताउने टिका संग्रौला उर्फ ज्वाला संग्रौला यतिवेला चर्चामा छिन् । युवासंघकी कार्यकर्ता खुस्वु घिमिरेको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

सामाजिक सञ्चालमा चर्चा वढेसँगै को हुन ज्वाला संग्रौला भन्ने जिज्ञासा पनि वढेको छ। उस्तै अनुहार र उस्तै स्भावका कारण कतिपयले ज्वाला संग्रौला लेखक खगेन्द्र संग्रौलाकी छोरी हुन की ? भन्ने लख पनि काटिरहेका छन् ।

तर, संग्रौलालो भने ज्वाला आफनी छोरी नभएको सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । प्राय सवैलाई लागेको जिज्ञासा उनीसम्म पुगेर नै होला उनले ट्वीट गरेर प्रश्न उत्तरको शैलीमा ‘भद्र देशभक्त, उग्र राष्ट्रवादी, वामपन्थी, दक्षिणपन्थी, गरिखाने, ठगिखाने, सद्दे, र झल्ला’ मध्ये एक प्रवृत्ति भएको जनाएका छन् ।

उनी लेख्छन्–
‘जिज्ञासु जनः ज्वाला संग्रौला छोरी हुन?
उत्तरः होइनन्।
जिज्ञासुःज्वाला को हुन?
उत्तरः संग्रौलाको सानो समूहमा भद्र देशभक्त छन्, उग्र राष्ट्रवादी छन, वामपन्थी छन्, दक्षिणपन्थी छन, गरिखाने छन्, ठगिखाने होलान, सद्दे छन्, झल्ला होलान्। ज्वाला संग्रौला यिनैमध्ये एक प्रवृत्ति हुन्।’

 

युवा संघकी कार्यकर्ता खुस्बु घिमीरे माथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको छ ।

संग्रौलाको समुहले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको आरोप पनि छ । झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।

यो पनि

ज्वालाको यस्तो कमजोरी देखेपछि रवी लामिछानेले गरे कारवाहीको माग

सामाजिक अभियान्ता संग्रौलामाथि ओलीका साईवर सेनाको आक्रमण, कुटाई खाने नै पक्राउ

असई मणिकान्त झाको काज सरुवा फिर्ताः एसएसपी भन्छन– सरुवा गरिएकै होईन

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली

ज्वाला संग्रौला खगेन्द्र संग्रौला

विशेष