News

सर्वोच्चको अन्तरिम आदेशले देउवालाई छटपटी, वोलाए गठवन्धनको वैठक

सर्वोच्चको अन्तरिम आदेशले देउवालाई छटपटी, वोलाए गठवन्धनको वैठक

प्रधानमन्त्री वन्दै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएपछि रन्थनिएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री वन्न अनेक उपाय खोजिरहेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समुह र जसपाकोे उपेन्द्र यादवसमुहसँग मिलेर उनले गरिरहेका हालसम्मका प्रयास असफल हुँदै आएका छन् । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि उनमा अझै पनि प्रधानमन्त्री वन्ने झिनो आशा वाँकी नै छ।

तर, संसद विघटनपछि मन्त्री परिषद विस्तार गरेको विरुद्ध परेको रिटमा मंगलवार अदालतले जारी गरेको अन्तरिम आदेशले संसद पुनर्स्थापना नहुने संकेत देखिएपछि देउवामा फेरी छटपटी सुरु भएको छ। अन्तरिम आदेशमा अहिलेको सरकारलाई कामचलाउ सरकार भन्नुले संसद विघटनलाई मान्यता दिने संकेत गर्दछ। अदालतले संसद नै नरहेकोले प्रधानमन्त्री पनि संसद सदस्य नरहेको जनाएको छ।

यहि छटपटी कारण कारण उनले वुधवारका लागि विपक्षी गठवन्धनको वैठक वोलाएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा साँझ पाँच बजे देउवाले माओवादी, एमालेको वरिष्ठ नेता नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासम्मिलित गठबन्धनको बैठक बोलाएका हुन् ।

साँझ पाँच बजे सभापति देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुनेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफलका एमाले वरिष्ठ नेता नेपाल, माओवादीअध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधिलाई बोलाइएको देउवाको सचिवालयले जनाएको छ । देउवाले बैठकमा पार्टी वरिष्ठ नेता पौडेल र महामन्त्री पूर्णबहादुर खड्कालाई पनि बोलाएका छन् । 

बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलगायतबारे छलफल हुनेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि यी दलले गठबन्धन बनाएका छन् । 

विद्यादेवी भण्डारी शेरवहादुर देउवा सर्वोच्च अदालत विपक्षी गठवन्धन अन्तरिम आदेश

विशेष