केटाकेटीको झगडाले दुई गाउँको फाईट, २० भन्दा बढी घाइते

जामुन खाने विषयमा केटाकेटीवाट सुरु भएको झगडाले उग्र रुप लिएपछि सर्लाहीका दुई वटा गाउँको झडप भएको छ । दुई गाउँबीच भएको झडपमा कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्।
बरहथवा नगरपालिका –१७, पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच झगडा भएको प्रहरीले जनाएको छ । बालबालिकाको झगडाको विषयलाई लिएर झडप सुरु भएको इलाका प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले वताए ।
बालबालिकाले जामुन(एक प्रकारको फल) को विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएको पाईएको छ ।
झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र शरिरका विभिन्न भागमा चोटपटक लागेको भाटले बताए।
झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका थिए । दुवैतर्फका गरी हजारौंका संख्यामा झडपस्थलमा रहेका उनले वताए ।
घाइतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
फाईल फोटो।
सर्लाही केटाकेटीको झगडा बरहथवा नगरपालिका