News

जनपरिचालनका कार्यक्रम अगाडि बढाउने विपक्षी गठबन्धनको निर्णय

जनपरिचालनका कार्यक्रम अगाडि बढाउने विपक्षी गठबन्धनको निर्णय

कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा वुधवार साँझ वसेको पाँच दलीय विपक्षी गठबन्धनले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

मंगलबारमात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए ।

त्यसको भोलिपल्टै देउवाले वोलाएको वैठकले प्रतिगमनका विरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतमा बहस सुरु भए पनि संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठल बताए ।


नेता श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गरिने बताए ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए ।

यो पनि

सर्वोच्चको अन्तरिम आदेशले देउवालाई छटपटी, वोलाए गठवन्धनको वैठक

विशेष