News

स्वागत नेपाललाई ‘राम धुलाई’ भएकै हो ?

स्वागत नेपाललाई ‘राम धुलाई’ भएकै हो ?

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपाल घाईते भएका छन्। उनी आफैले फुसवुक मार्फत सार्वजनिक गरेको फोटो अनुसार उनको खुट्टामा चोट लागेको छ। फोटोमा उनी वैशाखीको सहारामा देखिएका छन् ।

सामाजिक सञ्जालमा उनले आफुलाई के भएको हो ? भन्ने विषय खुलाएका छैनन् । तर, उनको हकी स्वभावका कारण उनी माथि आक्रमण भएको होकी भन्ने आशंका समेत गरिएको छ ।

उनले फेसवुकमा लेखेका छन्–‘धेरै दिन भयो सुतेको, अब यसरी हिँड्न सजिलो भएको छ, बस्न पनि समस्या छैन, आत्मबल निक्कै उचो छ, अब १ महिनाजतिपछि सबै साथीहरुसँग हिँडेरै भेट्न सक्छु कि भन्ने आश छ चिकित्सकको सुझाव अनुसार । लामो समय साथीहरुसँग सम्पर्कमा पनि थिइनँ, बताएको पनि थिइनँ, माफी पनि पाऊँ । सबैको शुभेच्छाका लागि धन्यबाद पनि अर्पण गर्दछु।’

अधिवक्ता नेपाल सिनेमाकर्मी छवी ओझा र उनकी श्रीमती शिल्पा पोखरेलबीच घरेलु झगडा सम्बन्धी विवाद, टिभी पत्रकार स्व शालिकराम पुडासैनी आत्महत्या प्रकरण, बलात्कार र तेजाब आक्रमणका घटना, अवैध बम बनाउने क्रममा वम बिस्फोट भई घाइते भएकाहरुलाई इट्टा भट्टामा जिउदै जलाएर मारेको अभियोग लागेका अफताब आलमको मुद्दाको घटना तथा मतपत्रमा राइट टु रिजेक्ट अधिकारगायतका विषयका कारण चर्चा थिए ।

यीनै प्रकरणमध्ये कुनैमा रुष्ट पक्षले उनी माथि आक्रमण गरेको हुन सक्ने आम वुझाई छ। तर, यस विषयमा नेपालले कुनै कुरा खुलाएका छैनन् ।

http://

स्वागत नेपाल

विशेष