News अपराध सुरक्षा स्वास्थ्य

ठगी आरोपमा सर्वाङ्ग अस्पताल विरुद्ध प्रहरीमा जाहेरी

ठगी आरोपमा सर्वाङ्ग अस्पताल विरुद्ध प्रहरीमा जाहेरी

कोरोना संक्रमितसँग अनावश्यक शुल्क असुल गर्ने ललितपुरको कुपण्डोल स्थित सर्वाङ्ग अस्पताल प्राली विरुद्ध मंगलवार ठगी आरोपमा जाहेरी दर्ता भएको छ ।

भारतको जम्मु–कास्मिर घर भई हाल ललितपुरको कुपण्डोल वस्दै आएका ६५ वर्षिय इन्दर सिंह सुडानले अस्पताल विरुद्ध महानगरिय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा सर्वाङ्ग स्वास्थ्य सदन प्रालि, अस्पताका अध्यक्ष सुशिल खनाल, अस्पतालका कर्मचारी राजन खनाल, कुपण्डोलको ‘मित्रा दा धावा’ रेष्टुरेन्टका सञ्चालक रवी सिंह  भन्ने रविन्द्र सिंहलाई विपक्षी वनाईएको छ ।

नेपाल सरकारले जटिल अवस्थाका संक्रमितलाई उपचार गरे वापत अस्पतालले दैनिक १५ हजार, मध्यम अवस्थाका संक्रमितको उपचार गरे वापत ७ हजार र सामान्य अवस्थाका संक्रमितको उपचार गरे वापत ३ हजार ५ सय रुपैयाँ लिन पाउने ब्यवस्था गरेपनि सर्वाङ्ग अस्पतालले आफुलाई जर्वजस्ती थुनेर १२ लाख ८६ हजार ५ सयको विल थमाएको जाहेरीमा उल्लेख छ।

यस विषयमा पीडितको वयानका आधामा नेपाल आजले गत जेष्ठ १३ गते ‘सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल’ शिर्षकमा समाचार सम्प्रेसण गरेको थियो ।

जाहेरी अनुसार कोरोनाको अवस्था सामान्य रहेको आफुलाई गम्भिर भएको भन्दै आईसियुमा १८ दिनसम्म समय थपेर जर्वजस्ती पैँसा असुल गरेको आरोप छ । उनी बैशाख २६ गते अस्पताल भर्ना भएका थिए । एक रात एक दिन इर्मेजेन्सीमा राखेपछि उनलाई आईसियुमा लान सुझाव दिइएको थियो । सुरुमा अस्पतालले आईसियु छैन भनेको थियो तर अस्पतालका व्यवस्थापक रन्जन खनालका नजिकका मित्र रविन्द्र सिहं उर्फ ’रवी’ को अनुरोधमा विरामीले आईसियु उपलब्ध गराईयो । रविन्द्र सिंह विरामीका चिनेजानेका मान्छे पनि हुन ।

विरामीलाई आईसियुमा राख्नको लागि आईसियु बेड शुल्क प्रतिदिन १८ हजार र भेन्टिलेटरको थप १० हजार लाग्ने अस्पतालले विरामीको आफन्तलाई जानकारी गरायो । सिंह अस्पताल भर्ना भएको १८ दिन वितिसक्दा पनि अस्पतालले अवस्था नाजुक भएको भन्दै अझै आईसियुमै राखेर उपचार गर्नुपर्छ भन्ने दबाव दिईरहेको थियो । सिहंलाई आईसियुमा हुँदा आफन्तसँग भेटघाट समेत वन्द गरियो । कहिलेकाहीको भेटमा विरामीले सन्चो भैइसक्यो भन्थे राम्रै सँग कुरा गर्थे । 

विरामीको पिसिआर रिपोर्ट समेत नेगेटीभ आईसकेको र स्वास्थ्य अवस्था पनि सामान्य देखिएपछि आफन्तले अस्पतालको क्रियाकलाप प्रती आशंका गर्दै डिस्चार्ज दिन आग्रह गरे । तर, अस्पतालले विभिन्न वहाना गरेर अझै राख्न खोजेपछि उनीहरुले जवरजस्ति विरामी निकाल्न खोजे। अन्तमा अस्पतालले डिस्चार्ज त दियो तर १२ लाख ८६ हजार ५ सयको विल थमाईयो । 

विल देखेर आफन्तको होस उड्यो। आफन्तले अस्पताल प्रशासनसँग कुरा गरे । रवि सिहंलाई समेत विल धेरै भएको भनेर जानकारी गराइयो । रबीले ८ लाख दिए कुरा मिल्ने वताए । सोहि अनुसार अस्पतालले आफुहरुसँग रकम असुल गरेको र आफुसँग सरासर ठगी भएको सिंहले गुनासो गरेका छन् । 

यो पनि

सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल

सर्वाङ्ग अस्पताल जाहेरी दर्ता

विशेष