News

पहिरामा पुरिएर तीनको मृत्यु

पहिरामा पुरिएर तीनको मृत्यु

अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९  लिउनमा तीनजनाको ज्यान  गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर  पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८  वर्षीया  सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको  मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

घटनामा  परी ४०  वर्षीय  टीकासिंह बुढा, ४५ वर्षीया  सुनमाया  बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले  बताए । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भने।
 

विशेष