चुडामणी शर्मासहित ३ जनाविरुद्ध एक अर्ब ३३ लाखको बीगो दावीसहित मुद्दा दर्ता
कर फर्स्यौट आयोगको ‘अनियमितता’ प्रकरणमा ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतमा राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।
उनीहरुले नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकार क्षेत्र बाहिर गइ बदनियतपूर्वक करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजश्व छलि गरेको देखिएको अख्तियारको दावी छ ।
तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।
‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पु¥याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी पु¥याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि’ हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
http://