News कभर स्टोरी

नागरिकता डढेका राजेन्द्र महतोको नागरिकता 'खोजि दिन' अख्तियारमा उजुरी 

नागरिकता डढेका राजेन्द्र महतोको नागरिकता 'खोजि दिन' अख्तियारमा उजुरी 

सर्वोच्च अदालतको आदेशबमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता खोजि गर्न माग गर्दै अख्तियारमा उजुर हालेका हुन् ।


लामो समयदेखि महतोको नागरिकता विवाद यथावत छ । यस अघि २०६८ सालमा अख्तियारले महतोको नागरिकता छानबिन गर्न गृहमन्त्रालयलाई पत्र काटेको थियो । अख्तियारको पत्र पछि गृहले २०६८ साल फागुन २९ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र लेख्दै गृहमन्त्रालयको नागरिकता तथा हातहतियार शाखाले महतोको नागरिकतासम्बन्धी विवरण नै मागेको थियो । 


तर, जिल्ला प्रशासन कार्यालयले अभिलेख हराएका कारण विवरण उपलब्ध गराउन नसक्ने जवाफ पठाएपछि उक्त विषय त्यत्तिकै सामसुम भएको हो । महतोको नागरिकता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र लेखेर विवरण मागेको थियो । त्यतिबेला प्रशासन कार्यालयले गृहको नागरिकता तथा हातहतियार शाखालाई लेखेको पत्रमा माओवादी सशस्त्र युद्धको बेला २०६२ साल चैत २३ गते मलंगवा आक्रमण हुँदा प्रशासन कार्यालयमा समेत आगो लागेर नागरिकतासम्बन्धी सम्पूर्ण लगत तथा कागजातहरु जली नष्ट भएको हुँदा छानबिन गर्न कठिनाइ भएको व्यहोरा उल्लेख थियो ।
 
 

राजेन्द्र महतो

विशेष