News अपराध सुरक्षा

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पिडित सुष्मालाई एसएसपीको सास्ती

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पिडित सुष्मालाई एसएसपीको सास्ती

जेष्ठ नागरिकको वेवास्ता गरेको आरोपमा २४ चैत ०७७ मा पक्राउ परेकी नेपाल राष्ट्र वैंककी निर्देशक सुष्मा रिजाललाई प्रहरीले कानुनको गलत ब्याख्या गरेर पक्राउ गरेको पाईएको छ ।

राजनीतिक र संगठनात्मक पहुँचका आधारमा प्रहरीले जेष्ठ नागरिक ऐनको गलत ब्याख्या गरेर सुष्मालाई पक्राउ गरेको र नियोजित रुपमा दुःख दिएको ज्येष्ठ नागरिक ऐनले पुष्टि गर्छ । 

आफनै ८४ वर्षकी आमा शोभा रिजालले दिएको जाहेरीका आधारमा सुष्मा पक्राउ परेकी थिईन । प्रहरीले दर्ता गरेको मुद्धाका आधारमा चैत ३० गते जिल्ला अदालत, काठमाडौँले सुष्मालाई पुर्पक्षका लागि कारागार पठायो । उनी केन्द्रीय कारागार, सुन्धारा चलान भईन र केहि दिन कारागार वसेपछि  रिहा भईन् ।

सुष्मा पक्राउ परेको र कारागार पठाईएको विषयलाई धेरै संचार माध्यमले पाथमिक्ताका साथ समाचार वनाए । आफनै वृद्धा आमाले दिएको जाहेरीका आधारमा राष्ट्र वैंकको निर्देशक पक्राउ पर्नुले घटनाले चर्चा पाउनु स्वभाविकै थियो । त्यसमाथि पनि सुष्मा जुन आरोपमा पक्राउ परिन्, नेपालमा यो विरलै हुने घटना हो। प्रहरीले सुष्मा माथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोप लगाएको थियो। यस अर्थमा पनि यो घट्नाले समाचार माध्यम र सामाजिक सञ्जालमा प्राथमिक्ता पाउनु स्वभाविक थियो।

अर्कोतर्फ नौलो विषय भएका कारण कतिपयले यसलाई ठिकै हो भन्न भ्याए । कानुन वुझेका र उनीहरुको पारिवारीक अवस्थालाई नजिकवाट नियालेकाहरुले भने प्रहरीले सुष्मामाथि अन्याय गरेको पनि वताए । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरवाला आमा शोभाले भएको सबै सम्पत्ति सुष्माले जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन ।

प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन । भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम सुष्माले जालसाझीपूवर्क झिकेको प्रहरीको दावी थियो ।

यसैगरी भूपेन्द्रको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मी (जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक) ले झुक्याएर झिकेको प्रहरीको आरोप थियो। 

सोहीअनुसार परेको जाहेरीका आधारमा सुष्मालाई पक्राउ गरिएको काठमाडौं परिसरका तत्कलिन डिएसपी राजकुमार केसीले जानकारी दिएएका थिए।

प्रहरीका अनुसार सुष्माविरुद्ध विशेष गरी ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ को उलंघनको आरोपमा पक्राउ गरिएको हो । दफा ४ मा कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइने छैन भनी उल्लेख छ । सोही दफाको उपदफा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख छ । 

प्रहरीको दवङ्गगिरी, कानुनको गलत ब्याख्या
प्रहरीले दावी गरेको जेष्ठ नागरिक ऐनको कुरा यहाँसम्म ठिकै छ । तर, ज्येष्ठ नागरिकका सम्वन्धमा परेको उजुरी वुझ्ने अधिकार भने प्रहरीलाई दिईएको छैन । प्रहरीले नै उल्लेख गरेको ज्येष्ठ नागरिक ऐन ०६३ को दफा ५ मा जेष्ठ नागरिकले उजुरी दिन सक्ने ब्यवस्था गरिएको छ । उक्त दफाको उपदफा १ मा दफा ४ वमोजिम ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नु पर्ने कर्तब्य भएको परिवारको सदस्य, नातेदार वा हकवालाले निजलाई आफुसँगै राखी पालनपोषण तथा हेरचाह नगरेमा वा गर्ने ब्यवस्था नगरेमा त्यस्तो ज्येष्ठ नागरिकले पोलनपोषण तथा हेरचाहको लागि सम्वन्धित गाउँ÷नगरपालिकाको वडा अध्यक्ष समक्ष उजुरी दिन सक्ने ब्यवस्था छ ।

उपदफा २ मा उपदफा १ वमोजिम कुनै उजुरी परेमा त्यस्तो उजुरी उपर वडा अध्यक्षले आवश्यक जाँचवुझ गरी निज र जिजलाई पालनपोषण तथा हेरचाह गर्नु पर्ने परिवारको सदस्य, नातेदार वा हकवालाविच मेलमिलाप गराई दिनु पर्ने, उपदफा ३ मा उपदफा २ वमोजिम मेलमिलाप हुन नसकेमा वडाअध्यक्षले त्यस्तो जेष्ठ नागरिकलाई पालनपोषण तथा हेरचाह गर्न परिवारको सदस्य, नातेदार वा हकवालालाई लिखित आदेश दिन सक्ने ब्यवस्था छ । 

उपदफा ५, ६, ७ र ८ मा वडाअध्यक्षको आदेश चित्त नवुझे गाउँ÷नगरपालिकामा निवेदन दिन सक्ने, अध्यक्ष/मेयरले दुवै पक्षलाई वोलाएर लालनपालन र हेरचाहको ब्यवस्था मिलाउने, त्यसका लागि लिखित आदेश दिन सक्ने र त्यति गर्दा पनि समस्या समाधान नभए प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि त्यस्तो ब्यक्तिको सम्वन्ध्मा कुनै पनि विषयको सिफारिस गर्न वडा अध्यक्ष, गाउँ/नगरपालिकाको अयक्ष/मेयर वाध्य नहुने कुरा उल्लेख छ ।

यो सम्पुर्ण ब्याख्यामा प्रहरीको जिकिर कतै गरिएको छैन । अर्कोतर्फ कानुनमा उल्लेख गरिएको कुनै पनि प्रकृया नै पुरा नगरी प्रहरीले एकै पटक सुष्मालाई श्रीमानसहित पक्राउ गरेर हिरासतमा राखेको पाईएको छ ।

प्रहरीले किन यस्तो गर्यो ?
टेकुमा कार्यरत एक जना एसपी बिराटनगरतिर कार्यरत रहँदा शोभाकी माईली छोरी गंगा सुवेदीसँग नजिक रहेको पाईएको छ । गंगा मिडियामा काम गर्ने हुँदा आफ्नो प्रचारको निम्ति सहयोग हुने भन्दै उनले नै एसएसपी अशोक सिंहलाई जाहेर गरेपछि सुष्मालाई पक्राउ गर्ने योजना वनेको पाईएको छ । मकालु टेलीभिजन र म्याक्स टेलीभिजनको मालिक भएका आडमा गंगाले प्रहरीमा दवाव श्रृजना गरेको पाईएको छ।


आईजिपी हुने लाईनमा रहेका एसएसपी सिंहले मिडियाको सपोर्ट लिएर केही फण्डा प्रयोग गर्ने र धामाकेदार देखाउने लोभमा परेर षडयन्त्र पुर्वक यो योजना वनेको प्रहरी श्रोतकै दावी छ । आईजिपी हुन केही न केही धमाका गर्नै पर्ने मानसिक्तावाट ग्रसित भएकाले एउटै घटनामा फण्डा पनि हुने र मिडिया प्रयोग गर्न पनि सहज हुने देखिएपछि योजनावद्ध रुपमा घटना अघि वढेको स्रोतको दावी छ। 

रास्ट्र बैंकको निर्देशनलाई पक्राउ गर्दा साहसीक काम पनि देखिने र बढुवा लागि फन्डा पनि हुने भएकाले सम्पत्तिका निम्ति आमालाई उचाल्ने लोभी छोरा/छोरीहरुलाई सपोर्ट गरेर क्यान्सर पीडित सुष्मालाई दुःख दिनुले प्रहरीको नियत माथि प्रश्न उठेको जानकारहरु वताउँछन् ।

सुष्मा प्रकरणमा प्रहरीले अनियमिता र अख्तियारको दुरुपयोग गरेको उनीहरुको ठम्याई छ । ‘पैसाको लेनदेन मात्र भ्रष्टाचार र अख्तियारको दुरुपयोग हुदैन। पावरको मिसयुज गर्नु पनि भ्रष्टाचार र अनियमितता हो’ श्रोत भन्छ–‘यो प्रकरणमा प्रहरीले भयंकर रुपमा अख्तियारको दुरुपयोग गरेको छ। यसको सत्यत्थ्य खोजेर संलग्नलाई कारवाही गर्नुपर्छ ।’

थुनामा रहेकी सुष्माको स्वास्थ्य अवस्था गम्भीर, क्यान्सरको उपचार गराइरहेको खुलासा

दुःख पर्दा सहारा वनेकी छोरीलाई मर्ने वेलामा आमाले नै धकेलिन प्रहरी खोरमा

ज्येष्ठ नागरिक सुष्मा रिजाल एसएसपी अशोक सिंह

विशेष