News राजनीति

राष्ट्रपतिप्रति प्रचण्डको मोह भंग, भन्छन्– राजा नै ठिक

राष्ट्रपतिप्रति प्रचण्डको मोह भंग, भन्छन्– राजा नै ठिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राष्ट्रपति भन्दा त राजा नै ठिक भन्दै टिप्पणी गरेका  छन् । 

बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग ५ दलिय विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख आरोप लगाए । 

उनले राष्ट्रपतिभन्दा राजा महाराजहाहरूको शान बढी भएको टिप्पणी गरे । उनले थपे– ‘हुँदाहुँदा राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संरक्षक भनेर अझ महिला अघि सारेको त हेर्नुस् राष्ट्रपति कस्तो भयो । अहिले राष्ट्रपति भन्ने संस्था त यति ... । यो भन्दा त राजाहरू हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन । कस्तो भयो । हामीले बनाएको संस्था।’

‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले कांग्रेस सय गुणा वामपन्थी भएको पनि प्रतिक्रिया दिए । आफूहरुले गठबन्धन बनाएर आन्दोलन गर्न थालेपछि ओलीले आफूलाई फोन गरेर ‘तपाई बामपन्थीको सरकार ढालेर काँग्रेससँग मिलेर के गर्न लाग्नुभएको ?’ भनेर सोध्दा आफूले ‘कांग्रेस त तपाई भन्दा धेरै वामपन्थी रहेको भन्ने जवाफ दिएको बताए ।

दशकौंदेखिको संघर्षबाट बनेको संविधान जोगाउन फेरि संघर्ष गर्नुपर्ने बेला आएको उनले बताए। अहिलेको गठवन्धन चुनावका बेला जनतासामु भन्ने गरेका लोकतन्त्रको आधारभूत मान्यताको रक्षा गर्नका लागि भएको वताए । 

देशमा विभिन्न चलखेल भइरहेको उल्लेख गर्दै अहिले आफूहरूसामू राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी आएको वताए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्यादेवी भण्डारी विपक्षी गठबन्धन सम्पादकहरुसँग अन्तरक्रिया

विशेष