News

एउटा मन्त्रीका लागि लुछाचुँड गर्नेलाई पाँच–पाँच वटा मन्त्रालयको जिम्मेवारी !

एउटा मन्त्रीका लागि लुछाचुँड गर्नेलाई पाँच–पाँच वटा मन्त्रालयको जिम्मेवारी !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी थप गरेका छन् । ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर वाँकी मन्त्रालय ४ मन्त्रीलाई वाँडफाँड गरेका छन् ।

उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, गृह, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा र जलस्रोत तथा सिञ्चाइ गरी चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपक्षी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि बाँकी रहेका पाँच जनालाई ओलीले थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

केपी शर्मा ओली प्रतिनिधिसभा विघटन मन्त्रालयको जिम्मेवारी

विशेष